बुधबार, जेठ २८, २०७७ || 561  पटक पढिएको

कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गइरहेका बेला सप्तरीका सबै बजार तथा हाट निर्वाध रूपमा खुला हुँदा भीडभाडका कारण जोखिम बढन थालेको छ ।

बजारमा खाद्यान्नलगायत अति आवश्यक बाहेकका पसल खुल्न थालेपछि लकडाउनले आजित बनेका सर्वसाधारणको चहल–पहल ह्वात्तै बढेको हो । एक साता यता सप्तरीको राजविराज, कञ्चनपुर, हनुमाननगर, कठौना, कल्याणपुर, बोदेबरसाईन, कदमाहालगायतका बजार खुल्ने गरेको छ भने गुदरी हाटमा समेत खुद्रा पसलेको भीड लाग्ने गरेको छ ।

कोरोनाबाट जोगिनका लागि अनिवार्य रुपमा मास्कको प्रयोग, कम्तीमा एक मिटरको सामाजिक दूरी कायम हुनुपर्ने, सेनिटाइजरको प्रयोग, पसलेले आफ्नो सुरक्षाका लागि ग्लोभ्सको प्रयोगलगायतका सावधानी अपनाउन पर्नेमा त्यस्तो कुनै सावधानी नअपाइकनै बजारमा भीडभाड बढन थालेपछि स्थानीयहरू झन् चिन्तित हुन थालेका छन् ।

व्यापारी तथा उपभोक्ता मास्कको प्रयोग नगरी खुला हातले एकदमै नजिक भएर सामान किन बेच भइरहेको छ भने पैसा लेनदेन गर्दा सामान्य दूरीसम्म कायम नभएको स्थानीयले बताएका छन् । यता कपडा, मोबाइल, कस्मेटिकलगायतका पसलमा समेत भीड बढेको छ । पसले त असुरक्षित छन् नै त्यसले स्थानीयमा पनि थप चिन्ता उत्पन्न भएको छ ।

लकडाउन पालना गराउन सक्रिय रहने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको समेत बजारमा उपस्थिति शून्य अवस्थामा देखिन्छ । प्रहरी टोलीसमेत लकडाउन पालना गराउन ननिस्किएका कारण निर्वाध रूपमा सामान्य अवस्थामा जस्तै बजारमा भीडभाड बढेको छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!