चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुवानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय विपत व्यवस्थापन विभागले जनाएको छ । वर्षाका कारण दुई लाख १५ हजारभन्दा बढी व्यक्ति प्रभावित बनेका स्थानीय प्रशासनले बताएको छ ।

मे ३१ गतेदेखि निरन्तर परेको वर्षाका कारण कम्तीमा आठ शहर प्रभावित बनेका छन् भने हजारौँ नागरिकलाई सुरक्षितस्थलमा सारिएको छ ।मङ्गलबार विहानसम्म् बाढीकाा कारण कम्तीमा १० हजार ७०० हेक्टर जमिनको वाली रे दुई हजार ८६६ घरहरूमा क्षति पुगेको विभागले बताएको छ ।

क्विझाओ प्रान्तले बाढी तथा डुवानबाट बढी प्रभावित क्षेत्रमा ६८ लाख युआनसहित विपत व्यवस्थापनका लागि आवश्यक सामानहरू तत्काल राहतका रूपमा पठाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!