प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाइछाड्ने संकल्प गर्नुपर्ने बताएका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र नेपालको नक्सामा समेटिएको अद्यावधिक नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको छलफलमा भाग लिँदै सांसद थापाले विदेशी सेनालाई पनि फिर्ता पठाउनुपर्ने बताए ।

कालापानीलगायत नेपाली भूमिमा लामो समयदेखि भारतले सेना राख्दै आएको छ। उनले भने, ‘सरकारले नक्सा ल्यायो धन्यवाद । संसदमा दुइटा संकल्प प्रस्ताव संसदमा दर्ता छ। कांग्रेस र नेकपाका सांसदको। त्यो प्रस्ताव एउटै बनाऔं र संविधान संशोधनसँगै नक्सा मात्र होइन यो भूमिबाट विदेशी सेना फिर्ता पठाएर छाड्छौं भन्ने संकल्प गरौं। सरकारलाई पूरा साथ रहन्छ।’

भूमी फिर्ताका लागि उत्तेजना र आवेग होइन, सहास र संयमताका चाहिएको बताए । सांसद थापाले भने, ‘सरकार गफ मात्र होइन काम पनि गर । खुट्टा नकमाऊ। संसदप्रति जवाफदेही होऊ। उत्तेजना र आवेग होइन, सहास र संयमताका चाहिएको छ।’

उनले माटो जोगाउने मुद्दामा प्रधानमन्त्रीलाई साथ रहेको बताउँदै मान्छेका बारेका मुद्दा पनि भुल्न नहुने बताए। ‘नक्सा जारी गर्दा एक भएर उभिएका छौं। विदेशी सेना फिर्ता पठाउन पनि एक ठाउँमा उभिनेछौं,’ उनले भने।

थापाले अष्ट्रेलिया र चीनसँग वार्ता गरिरहेको भारतले नेपालाई कोरोनापछि वार्ता गर्छु भन्नु बिडम्वना भएको बताउँदै नेपालले बलियो आन्तरिक तयारी गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!