मंगलबार, जेठ २७, २०७७ || 809  पटक पढिएको

प्रदेश नं १ का सांसद ईन्द्र मणी पराजुलीले निती तथा कार्यक्रममा किशान लक्षीत कार्यक्रमको प्रंशसा गरेका छन । प्रदेशसभाको बजेट अधिबेशनको मंगलबार बैठकको छलफलमा बोल्दै सासद पराजुलीले प्रदेश सरकारले ल्याएको किशान लक्षीत कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गरेका हुन । अब प्रदेशका किशान लाभान्वित हुने बताएका छन ।

सो बैठकको शुन्य समयमा बोल्दै मुख्य प्रतिपक्षी दल काँग्रेसका सचेतक एव्म सांसद सुर्यमा राज राईले कोरोना महामारीको बेला निजी अस्पतालले जनताको सेवा नगरेको बताउदै असन्तुटि व्यक्त गरे । उनले कोरोनाको संक्रमणले देशमा आईपरेको संकटकालिन अवस्थालाई मध्यनजर गर्दै सरकारी अस्पतालले गरेको कामको प्रशंसा गर्दै निजी अस्पताललाई राष्ट्रिय करण गर्न माग गरे ।

सो बैठकमा बोल्दै कांग्रेस संसदिय दलका उपनेता हिमाल कार्कीले हलेशी महादेव मन्दिरको तस्विर र सरमाथाको तस्विर चर्पीको माथि राखेकोमा अपत्ती जनाए । उनले सगरमाथा र हलेसी महादेवको मन्दिरको तस्विर चर्पीको माथि राखेर प्रदेशको अपमान गरेको आरोप लगाउनुभयो ।

सो बैठकमा बोल्दै जनता समाजवादी पार्टी प्रदेश न. १ का संसदिय दलका नेता जयराम यादवले सरकारले ल्याएको निती तथा कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले कार्यान्वयन मा सरकार लागि पर्ने समेत माग गर्नुभयो ।

प्रदेश नं १ सभामा सत्ताधारी दल नेकपाको ६७, मुख्यप्रतिपक्षी काँग्रेसको २१, प्रतिपक्षी जनता समाजवादीको ३, राप्रपाको १ र संघीय लोकतान्त्रिक मञ्चका १ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!