मंगलबार, जेठ २७, २०७७ || 1144  पटक पढिएको

चलचित्र ‘जानी नजानी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका निरिशा बस्नेत मुम्बईमा छिन् । मुम्बईमा रहेकी यी नायिकामा कोरोना संक्रमण देखिएको छ ।उनको रिपोर्ट पोजिटिभ आएपछि उनी अस्पतालमा उपचार गराइरहेकी छिन् । उनी मुम्बईको कोकिला अस्पतालमा उपचार गराइरहेको बुझिएको छ ।

अब रिपोर्ट नेगिटिभ नआएसम्म उनी अस्पतालमै रहेर उपचार गराउने छिन् । कलाकार विश्व बस्नेतकी छोरी निरिशाले भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन् ।

उनले बलिउड चलचित्रमा प्रवेशका लागि संघर्ष गरिरहेकी थिइन् । चलचित्र ‘जानी नजानी’को रिलिजको समयमा उनी नेपाल आएकी थिइन् । यो चलचित्रले बक्स अफिसमा खासै सुखद् व्यापार गर्न नसकेपछि उनी मुम्बईमा नै संघर्ष गरिरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!