सरकारले कोरोना नियन्त्रणको लागि लगातार जारी राखेको लकडाउनले गर्दा धेरै नेपालीहरु सामाजिक सञ्जालमा सक्रिय छन् । सोसल मिडियामा नै नचलाउनेहरु पनि यससँग जोडिएका छन् । घरभित्र नै थुनिएका धेरै मानिसहरु टिकटकसँग जोडिएको पाइन्छ । लकडाउनको समयमा पुराना हस्ती कलाकारहरुसमेत टिकटकमा देखिएका छन् । वरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, गौरी मल्ल लगायत धेरैलाई टिकटकमा अभिनय गर्दै गरेको देख्न पाइन्छ ।

टिकटक अहिलेका युवा पुस्ता धेरै रूचाइएकाे सामाजिक सञ्जाल हाे । उनीहरू टिकटक भिडियो बनाएर रमाइलो गर्ने गर्छन् । टिकटक अभिनयका कारण कति त कलाकार भएर चलचित्रमा समेत अभियनय गर्न मौका पाएका छन् । यसैबीच पूर्वयुवराज्ञी हिमानी शाह पनि सामाजिक सञ्जालमा टिकटकमा निकै सक्रिय हुन थालेकी छन् । पछिल्लाे समय उनी सामाजिक सञ्जालमा एकाएक चर्चामा आएकी छन् ।

उनको टिकटक एकपछि अर्को लगातार भाइरल बन्दै गएको छ । हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा गरेकी अभिनय अहिले भाइरल बन्दै गएकाे पाइन्छ । छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानीकाे अहिले अर्को देशभक्तिपूर्ण टिकटक भिडियो भाइरल बन्दै गएकाे छ । उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ ।

‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा हिमानीले दुई छोरी पूर्णिका र कृतिकासँग नृत्य गरेकी भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल छ । लकडाउनका कारण अस्तव्यस्त दैनिकीकमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने हिमानी शाहबाट सिक्न सकिने भन्दै धेरैले उहाँहरुको टिकटक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

https://www.facebook.com/Tiktokstarnpl/videos/703393906901703/

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!