खबर ठुलो छ

पाल्पाका विभिन्न क्षेत्रमा देखिएको अमेरिककी फौजी कीराको प्रकोप व्यवस्थापनका लागि स्थानीय पालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ । बगनासकाली गाउँपालिका मकैको बीउ उत्पादनको मुख्य क्षेत्र मानिन्छ । बीउ पकेट क्षेत्रमा महामारीका रुपमा फौजी कीराको प्रकोप देखिएपछि गाउँपालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ । यस क्षेत्रमा मकै बालीमा फौजी कीराका साथै गबारो र सेमीलोपरको प्रकोप पनि देखिएको छ । इमामेक्टिन बेन्जोयट ६०० थान, साइप्रमेथ्रिन क्लोरोपाइरिफस ४०० थान, इमामेक्टिन बेन्जोयट पाँच ग्रामको ६०० थान र साइप्रमेथ्रिन क्लोरोपाइरिफस १०० एमएलको ४०० थान कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिनुभयो । आवश्यकतानुसार क्षतिको विवरण हेरी पुनः वितरण गरिने कृषि शाखाले जनाएको छ । प्राविधिकलाई मकै लगाइएको खेतबारी निरीक्षण गराई आवश्यकतानुसार निःशुल्क विषादी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउनुहुन्छ । गाउँपालिका वडा नं. १,२,४,७ मा कीराको प्रकोप बढी देखिएको छ । गाउँपालिकाभित्र करीब दुई हजार रोपनीभन्दा बढी क्षेत्रमा कीराले सताएको छ । बगनासकाली– २ पोखराथोकका कृषक लेखनाथ गैरे पन्ध्र रोपनी क्षेत्रफलमा लगाइएको मकै बालीमा फौजी कीरा लागेपछि उत्पादन नै घट्ने चिन्तामा हुनुहुन्छ । उहाँले वर्षेनी बीउ उत्पादनका लागि मकै लगाउँदै आउनुभएको छ । यस्तै रामपुर नगरपालिकाका वडा नं २, ५, ६, ७ र १० मा पनि फौजी कीराले मकै बालीमा नोक्सान गरेको छ । कृषकसंँग नियमित सम्पर्कमा रहेको र विषादी प्रयोगका लागि एग्रोभेटसंँग समन्वय गरेर विषादी उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिनुभयो । नगरको वडा नं १० हेक्लाङ क्षेत्रमा कीराको बढी प्रकोप भेटिएको छ । यहाँ करीब एक हजार रोपनी क्षेत्रफलमा फौजी कीराले सताउन थालेपछि कृषक चिन्तित बनेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताउनुभयो । आँख्ला लागेका मकैमा कीराले सताउन थालेको बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम संयोजक नोलराज भण्डारी बताउनुहुन्छ । बन्दाबन्दीले समयमा नै विषादी प्रयोग गर्न नपाउँदा मकैको उत्पादन घट्ने कृषकले बताएका छन् । यसअघि पनि यहाँ लगाइएको धान बालीमा फौजी कीराले सताएर नोक्सान पारेको थियो । जिल्लाका रामपुर, बगनासकाली, मदनपोखराको दमकडा, रैनादेवी छहरा, पूर्वखोलालगायत स्थानमा फौजी कीराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो । महामारीका रुपमा प्रकोप देखिएका ठाउँमा ज्ञानकेन्द्रका कर्मचारी, प्राविधिकसहितको टोली परिचालन गरी स्थलगत आकस्मिक बाली संरक्षण कार्यक्रम सञ्चालन गरेर कीराको नियन्त्रणबारे कृषकलाई जानकारी दिइएको प्रमुख अर्यालले बताउनुभयो ।

मंगलबार, जेठ २७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया