रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा रहेको गंगादेवी पशु फर्मम कार्यरत एक व्यक्तिले आफ्नै पाँच जना साथीको हत्या गरेका छन् । स्थानीय कृष्णबहादुर पुनको पशु फर्ममा काम गर्ने सुर्खेतका झसेन्द्र सिंजालीले आफुसँगै काम गर्ने साथीहरुको हत्या गरेका हुन् ।

चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय जानकी मुसहर, पोखराज मुसहर, करन चौधरी, आशिस चौधरी र रुपन्देही मुर्गियाका माधव मुसहर रहेका छन् ।

मदिरा सेवन गरेका झसेन्द्रले कोदालो प्रहार गरी पाँचै जनाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्यामा सग्लन सिंजालीलाई प्रहरीले तिलोत्तमा दशवाट पक्राउ गरेको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!