मंगलबार, जेठ २७, २०७७ || 954  पटक पढिएको

सुपरस्टार राजेश हमाल आजबाट ५७ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म ‘युगदेखि युगसम्म’ बाट नेपाली रजतपटमा पाइला राखेका थिए । यस फिल्मपछि उनले आफ्नो करिअरमा कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । ३ दशक लामो फिल्म यात्रामा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । हामी तीन भाइ, देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद जस्ता फिल्म उनका हिट मानिन्छन् ।

राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए । सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए । एउटा पाकिस्तानी फिल्म पनि अभिनय गरेका उनका लागि आफूले गरेका फिल्ममध्ये देवता र वसन्ती सबैभन्दा मनपर्ने फिल्म हुन् । उनलाई नेपाली फिल्मका महानायकु भनिन्छ ।

राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका उनको लभ लाइफ पनि उतिक्कै रोमान्चित छ । तर, ५० वर्षको उमेरमा वर्ष २०१४ मा उनले मधु भट्टराईसँग विवाह गरे । अभिनेता हमाल अभिनीत पछिल्लो रिलिज फिल्म शकुन्तलाु हो । यसमा उनले एक महिलाको भूमिका निर्वाहा गरेका थिए । अचेल उनी श्रीमति मधुसँग विभिन्न देशको भ्रमणमा निस्किरहेका हुन्छन् । केही वर्षदेखि उनी फिल्म निर्देशन गर्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!