मंगलबार, जेठ २७, २०७७ || 575  पटक पढिएको

देशभर कोरोना भाइरस पहिचानका लागि प्रयोगशालामा ‘स्वाब’ नमुना दिएकाहरूले नतिजा आउन निकै ढिलो हुने गरेको गुनासो गरेका छन् । कोरोना भाइरस संक्रमणको पहिचानका लागि आरटीपीसीआर विधिको प्रयोग हुँदै आएको छ ।

स्वाब संकलनको संख्या बढेसँगै परीक्षणको नतिजा ढिलो भएको प्रयोगशालाले बताएका छन् । हाल देशभर २१ स्थानमा रहेका प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ । संक्रमण पहिचानका लागि स्वाब दिएका केहीले लामो समयसम्म पनि रिपोर्ट नपाएको गुनासो गरेका छन् । स्वाब नमुना दिए पनि नतिजा नै थाहा नपाएको समेत उनीहरूको गुनासो छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर १ लाख ९ सय ७१ जनाको आरटीपीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकाहरूको नतिजा पनि एकदमै ढिलो आउने गरेको छ । कोरोना परीक्षणका लागि कपिलवस्तु नगरपालिकामा स्वाब संकलन गरेका एक स्वास्थ्यकर्मीले भने, ‘मेरो स्वाब जेठको पहिलो साता लिइएको हो । नतिजा के आयो, जानकारी पाउन सकेको छैन ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले जनशक्ति अभावमा परीक्षणको गति सुस्त भएको बताइन् । उनले भनिन्, ‘थोरै जनशक्तिले काम गर्नुपर्ने बाध्यता भएकाले संकलन भएका स्वाबहरू होल्ड भएका हुन् ।’ उनले परीक्षणको दायरा बढाउन आरएनए एक्स्ट्रयाक्सन अटोमेटिक मेसिनको संख्या थप गर्नुपर्ने बताइन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक १ हजार ५ सय जनासम्मको परीक्षण नतिजा होल्ड हुने गरेको छ । सो प्रयोगशालामा दैनिक १ हजार ५ सय जनासम्म परीक्षणका लागि आउने गरेका छन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!