भारतीय रक्षामन्त्री राजनाथसिंहले भारतको आत्मसम्मान र स्वाभिमानमा चोट पुग्ने काम कसैबाट हुन नहुने र त्यो हुन नदिने बताएका छन् । पूर्वी लद्दाखस्थित सीमानामा चिनिया र भारतीय सेनाबीच विवाद भैरहेका बेला रक्षामन्त्री सिंहको उक्त अभिव्यक्ति आएको हो । पूर्वी लद्दाखको सीमा विवादका सम्बन्धमा भारत र चीनबीच राजनीतिक र सैन्यस्तरमा वार्ता भैरहेको बताउँदै उनले उक्त वार्ता सकारात्मक दिशातर्फ उन्मुख भैरहेको समेत बताएका छन् । उनले भारत र भारतीय जनताको आत्मसम्मानमा कतैबाट चोट पुग्न नदिने प्रतिबद्धता समेत जनाएका छन् ।

भारतीय जनताको पार्टीको सार्वजनिक संवाद र्यालीलाई सम्बोधन गर्दैै उनले भने, ‘भारत र चीनबीचको सीमा विवाद लामो समयदेखि चलिरहेको छ । हामीले पनि चाहेका छौ कि विवाद चाडै सुल्झियोस् ।’ उनले चीन र भारतबीच लगातार राजनीतिक र सैन्य स्तरमा वार्ता चलिरहेको समेत बताए । पछिल्ला महिनादेखि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच विवाद चर्किदै गएको छ । सीमाना दुई पक्षीय सेना आमन्ने सामन्ने हुन थालेपछि दुवै देशको राजनीतिक र सैन्य नेतृत्व समस्या समाधानका लागि जुटिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!