विदेशबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टिनमा राख्न होटलहरुको प्रयोग गर्नुपूर्व गम्भीरता अपनाउनुपर्ने माग गरी पश्चिमाञ्चल होटल संघ(हान) पोखराले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । पोखराका दुई दर्जन होटलको नाम क्वारेन्टिनका लािग स्वीकृतिसहित नौबुँदे ध्यानाकर्षणपत्र संघका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई आज बुझाइएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । उक्त पत्रमा पाहुना आउनुपूर्व स्वास्थ्य परीक्षण गर्नुपर्ने र कोरोना नेगेटिभ देखिएका व्यक्तिलाई मात्र होटेलमा राख्ने व्यवस्था गरिनुपर्ने तथा तिनको नियमित स्वास्थ्य जाँच गरिनुपर्ने माग पनि गरिएको छ । होटलको नामावली हानबाट प्रदान गरिए तापनि आवश्यक मापदण्ड अपनाई वर्गीकरण गरे छनोट गर्नुपर्ने जनाइएको छ । यसैगरी सरकारले क्वारेन्टिनमा प्रयोग हुने होटलमा स्थानीय बासिन्दाबाट आउन सक्ने अवरोध सौहार्दपूर्ण वातावरणमा हटाउनुपर्ने र स्थानीयस्तरमा फैलन सक्ने संक्रमणको जिम्मा लिनुपर्ने विषयलाई समेटिएको छ । हालको अवस्थामा धेरैजसो होटल बन्द रहेका र कर्मचारी पनि बिदामा रहेकाले पाहुना आउनुभन्दा कम्तीमा चार दिनअगावै हान वा होटेल प्रतिष्ठानमा जानकारी गराइदिनुपर्ने तथा होटल क्वारेन्टिनका लागि उपलब्ध गराउँदा सुरक्षा, स्वास्थ्यलगायत विषयमा स्पष्टता र होटलका कर्मचारीलाई तालीमको व्यवस्था गरिनुपर्ने माग गरिएको छ । कुनै एक होटलमा रहेका जम्मा कोठाको ८० प्रतिशत पाहुना राखेपछि मात्रै अन्य होटलमा राख्ने व्यवस्था हुनुपर्नाका साथै भुक्तानीको अवस्थाका बारेमा अग्रिम जानकारी हुनुपर्ने हानले जनाएको छ । होटल प्रतिष्ठानमा आवश्यक पर्ने स्वाथ्य सामग्री सर्वसुलभ रुपमा उपलब्ध गराइनुपर्ने तथा पाहुना अनुशासित र सुरक्षित तवरमा रहनका लागि कोठाभन्दा बाहिर निस्कन नदिई सुरक्षाको व्यवस्थाको जिम्मा लिइनुपर्ने माग पनि हानले गरेको छ । होटललाई क्वारेन्टिन बनाइसकेपछि विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार पूर्णरुपमा निर्मलीकरण गरी भविष्यमा सहज रुपले व्यवसाय सञ्चालन गर्न स्वास्थ्य कार्यालय, महानगर वा पर्यटन विभागबाट निर्मलीकरणको प्रमाणीकरण स्टिकर टाँस गरिनुपर्ने माग हानको छ । क्वारेन्टिनका रुपमा प्रयोग गर्दा कोठादर प्रतिव्यक्तिका लागि रु दुई हजारदेखि रु १२ हजार र दुई जनाका लागि रु तीन हजारदेखि रु १४ हजार प्रस्ताव गरिएको छ । विश्वव्यापी रुपमा देखापरेको कोरोना रोगको संक्रमणका कारण हाल युरोप, अष्ट्रेलिया र अमेरिका महादेश तथा एशियाका जापान, चीन, मलेसिया, दक्षिण कोरिया, खाडी मुलुक, सार्क राष्ट्र र नेपालका विभिन्न स्थानबाट आउने व्यक्ति आफ्नो घर वा डेरामा जान सुरक्षित नरहेकाले होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!