मंगलबार, पौष १५, २०७६ || 1450  पटक पढिएको

हिपमत डटकम
विराटनगर ,पुष १५
मनिष दास
माईती नेपाल मोरङ्गले जनवरी देखि डिसेम्बर २०१९ को बार्षिक प्रगति विवरण प्रस्तुत गरेको छ । आज विराटगरमा पत्रकार सम्मेलन गर्दै माईती नेपालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो । बिशेष गरी चेलीबेटी बेचबिखनको क्षेत्रमा कार्य गर्दै आएको माईती नेपालले अहिलेसम्म हजारौं नेपाली चेलीको उद्धार गरेको छ । सोही क्रममा आज डिसेम्बर महिनाको अन्त्यमा आएर माईती नेपालले आफनो बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०१९ भरिमा उच्च जोखिममा रहेका कुल ९५ जना महिलाहरुलाई भारतीय सीमावर्ती क्षेत्रबाट उद्धार गरेको बताएको छ । प्रस्तुत प्रतिवेदनका अनुसार मोरङ्गमा गत १ बर्षको अवद्यिमा घटेका घरेलु हिंसाको १५ वटा, बलात्कारको ३ वटा र मानव तस्करीको २ वटा घटनाहरुमा पिडित महिलाको उद्धार माईती नेपालले गरेकोे उल्लेख गरिएको छ । त्यस्तै प्रतिवेदनले तुलनात्मक रुपमा यस बर्ष भने उद्धार हुने महिलाहरुको संख्यामा कमी आएको पुष्टि गरेको छ । प्रतिवेदनका अनुसार सन् २०१८ मा १ सय ८ जना महिलाहरुको उद्धार गरिएको थियो भने यस बर्ष भने मात्र ९५ जना महिलाहरुको उद्धार गरिएको छ । यसले केही मात्रामा भए पनि घटने घटनाहरु पनि न्युनीकरण हुँदै गएको संकेत दिन्छ ।

हाल मोरङ्गमा ए.बी.सी नेपाल, माईती नेपाल, आफन्त नेपाल, साना हात र विश्व विस्तार लगायतका संघ संस्थाहरुले महिला अधिकारको क्षेत्रमा कार्य गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!