सोमबार, जेठ २६, २०७७ || 640  पटक पढिएको

बन्दाबन्दीले समस्यामा परेकाहरुलाई पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्यूनीकरण कार्यक्रम किडासा नेपालको सहयोग र पोखरा महानगरपालिकाको सहकार्यमा पोखराका विभिन्न वडामा रहेका ७० विपन्न परिवारलाई राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४, पोखरा–९ प्रदर्शनी केन्द्र, लेकसाइड र बिरौटामा लक्षित विपन्न परिवारको पहिचान गरी राहत वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक तथा संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार दाल, नुन, तेल, आलु, चिनी, चियापत्ती, साबुन, सेनेटेरी प्याड र मास्क समावेश गरी सम्बन्धित वडाध्यक्षको रोहबरमा राहत बाँडिएको थियो । बन्दाबन्दीले मजदूर र न्यून आय भएकाहरुको रोजीरोटी गुमेपछि किडासाको सहयोगमा राहत कार्यक्रम ल्याइएको बालश्रम न्यूनीकरण कार्यक्रमका अधिकृत प्रीति पाण्डेले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!