नयाँ दिल्लीको एक सिलाई कारखानामा काम गर्दै आएका महोत्तरीको मनरासिसवा नगरपालिका ८ सहसरामका १६ वर्षीय रोस्तम अन्सारीको खान नपाएर मृत्यु भएको छिमेकी रमेशकुमार साहले जानकारी दिए ।

रोस्तमसँगै उनका छिमेकी इन्ताज अन्सारी र मेहबुब अन्सारी तीन वर्षदेखि उक्त सिलाइ कारखानामा कार्यरत्त थिए ।

गएको मंगलबार राति भोकले नै सहकर्मी रोस्तमको मृत्यु भएपछि उनका छिमेकी दुई युवक भागेर नयाँ दिल्लीबाट ट्रेन समातेर घरको लागि हिँडेको घरमा फोन गरी जानकारी गराएका छन् ।

मृतक युवक रोस्तमका बुबा अन्बर अन्सारीको केही वर्ष अघि ट्रक दुर्घटनामा मृत्यु भएको थियो । घरमा रोस्तमका आमा र १२ वर्षका १ भाई मात्र छन् । छोराको मृत्युको खबरले अामा मर्माहत भएकी छन् । घरको सहारा एक छोराको मृत्युले उनको जीवन बिचल्लीमा परेको स्थानीयले जनाएको छ । विपन्नताको कारण छोरा मजदुरी गर्न नयाँ दिल्ली पुगेका थिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!