मंगलबार, पौष १५, २०७६ || 982  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,पुष १५

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम रहेको बताएका छन् । नेपाल पर्यटन वोर्डको २१ औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अत्यन्तै कम रहेको बताएका हुन् ।

नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहन नहुने बताउँदै अवको १० वर्षमा कम्तीमा १० प्रतिशत पु¥याउने योजना सरकारको रहेको बताए । उनले संघीय संरचनापछि सबैभन्दा धेरै फाइदा पर्यटन क्षेत्रलाई भएको बताउँदै पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि सरकारले विभिन्न योजनाहरु बनाएको समेत जानकारी दिए । त्यस्तै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई पर्यटन क्षेत्रको विकासको अभियानको रुपमा लिनुपर्ने बताए । उनले यो अभियान १० वर्ष सम्म चल्ने समेत बताए ।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रलाई नेपालमा सबैभन्दा बढी रोजगारी दिने क्षेत्रको रुपमा विकास गर्न सकिने समेत बताए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले १० वर्षमा अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिनेगरी पर्यटन क्षेत्रमा काम भइरहेको बताए ।ratopati.com

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!