सोमबार, जेठ २६, २०७७ || 1553  पटक पढिएको

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजू राणा देउवा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक वीरता र पृष्ठभूमि बाट दूर भएर आफ्ना बाबु बाजेको हर्कत लाई साङ्केतिक झल्को दिने गरी नेपाली कांग्रेसको राजनीतिका प्रभावशाली नेता लाई सबक सिकाउन आएको साँच्चै नै हास्यास्पद भएको छ।
राणाहरूले जसरी नेपाल देशलाई सयौं वर्षसम्म अन्धकारमा राखेका थिए र नेपालको अन्धकारको युगलाई उज्यालोतर्फ, नागरिकहरुलाई मानिस भएर सम्मानपूर्वक बाँच्न पाउनु पर्छ स्वतन्त्रताको हक प्रत्येक मानिसहरूले पाउनुपर्छ लगायत एकतन्त्रीय राणा शासनको क्रुर प्रवृत्तिलाई अन्त्य गर्दै नेपालमा जहानियाँ राणा शासन विरुद्ध भित्रभित्रै चलेको आन्दोलनमा चार शहीदहरू उनका बाबु बाजेले बनाएका थिए,भने अर्कोतर्फ नेपाललाई २००७ सालको क्रान्ति मार्फत नेपाललाई नयाँ युगमा लैजाने हजुरबुबा कृष्णप्रसाद कोइरालाका नाति नेपाली कांग्रेसका शीर्ष नेताहरुको तहमा पर्ने र अबको पार्टी सभापतिको रूपमा हेरिएका जनताको प्रत्येक दुःख सुखको साथी मात्र नभई झुपडीमा चुलो बलेको छ कि छैन, मुलुकमा आइपरेको प्राकृतिक प्रकोप चाहे बाढी पहिरो होस चाहे भूकम्प होस वा हावाहुरी, आगलागी लगायत हरेक राष्ट्रिय, क्षत्रिय र प्रत्यक्ष जनताको जीवन सुरक्षा, हकअधिकार र गास बास सङ्ग जोडिएका सवालहरुमा डा कोइराला अहिलेदेखि मात्र नभएर विगत देखि नै सधैं राहत र अन्य प्याकेज सहित राजनैतिक सामाजिक अभियान लिएर जानु हुने गरेको सन्दर्भमा र अहिले विश्व कोरोना भाइरस कोभिड १९ को महामारीमा जब लक्डाउन सुरु भयो तब शेखर कोइराला आफ्नो गाउँ बस्तीमा, झुपडी, पाखामा जन्जनसँग दुःख सुखको साथी बनेर जानुभएको क्षणमा केन्द्रीय सभापतिकी श्रीमती कुनै कम्युनिष्ट अनलाइन मिडियालाई जबर्जस्त शेखर कोइराला राष्ट्रघाती भयो, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आएन भारत सङ्ग मिल्यो भनी आफ्ना दुई चार थान द्वारपालहरु सहित आफैं शेखर कोइरालाका विरुद्ध लाग्नु कति सम्म घटिया कुकर्म हो प्राय सबै राजनीतिमा चासो राख्नेहरूले थाहा पाएको अवस्था छ। डा राणा देउवा कति आतिएको, डराएको देखिन्छ भन्ने कुरा प्रष्ट रुपमा बाहिर आइसकेको छ। याद रहोस नेता शेखर कोइराला आफ्नो काठमाडौंको महलमा ह्वीस्की र सीतनको चुस्की लिएर बस्दै धूपौरे को आशीर्वादमा बसेका होइनन। उनी मेरो बुझाइमा आफ्नो राजनीतिको प्रेरणाको श्रोत सधैं जनताको साथ, जनताप्रतिको माया पार्टी र देशप्रतिको स्पष्ठ दृष्टिकोणलाई राजनीति ठान्छन् नकी पैसाको पावर, नालायकहरुको भीड।

अर्को तिर मुलुकमा यति धेरै विकृति मौलाउँदै गएको अवस्था छ। कोरोना सङ्क्रमण होस, भूमि अतिक्रमण होस, भ्रष्टाचार प्रकरण होस सभापति शेरबहादुर देउवा कहीं कतै बोल्दैनन्। बोलेपनि प्रभावकारी तरिकाले समाधानमा लाग्दैनन्। सत्तापक्ष सामु घाँटी अठ्याएर जनतामा गएर होस या संसदबाट होस विश्वसनीय तवरले लड्नु पर्ने अवस्थामा पुरै मौन रहेने उनको विशेषता अहिलेको सबैभन्दा गिजोलिएको विषय millennium challenge corporation(MCC) प्रकरणमा सबैभन्दा चनाखो भएर लाग्नु, उता सत्तापक्ष बीचमा तिब्र विवाद भएको, नेताहरु बीच अत्यन्त धेरै रस्साकस्सी चलिरहेको सन्दर्भमा र सर्वसाधारणले देख्दा पनि कतिपय राष्ट्रघाती बुँदाहरू हुँदा हुँदै जसरीपनि हुबहु जस्ताको तस्तै पास गर्नुपर्छ भनी दबाब दिनुले देउवा प्रवृत्ति पुन एकपटक उजागर भएको होकी भन्ने प्रष्ट रुपमा अनुमान लगाउन सकिन्छ।

जो बोल्नुपर्ने ठाउँमा बोल्दैनन्, लेख्नुपर्ने ठाउँमा लेख्दैनन्, सुन्नुपर्ने कुरा सुन्दैनन्, लिनुपर्ने सल्लाह लिँदैनन्, दिनुपर्ने सुझाव दिँदैनन् तर नेकपा भित्र नै तिब्र रुपमा विवाद भएको विषयमा सभापतिले मिलाउने के त्यस्तो ठेक्का परेको छ कुन्नि; सत्तामा र पैसामा जहाँ जोसँग पनि सम्झौता गर्न पुग्ने नजिर पछिल्लो समयमा ओली प्रचण्ड सङ्ग देखिएको सामिप्यता, विकृतिप्रति देखिएको मौनतालाई हेरी अनुमान गरौ त,, सबै विषयको मौनता,भागबन्डामा बढेको चासो, प्रतिपक्षीको भूमिकामा पुरै मौन अनि सत्ताभित्रको झगडा मिलाइदिन सभापतिले के त्यस्तो जादू देखाउँछन् हेर्न बाँकी छ। आफ्नै पार्टीमा भएका इमान्दार, नेता कार्यकर्तालाई पाखा लगाएर द्धारपाल हरुलाई भित्र्याएर पार्टी यो अवस्थामा पुर्याएको योगदानको कदर गर्दै शेरबहादुर दाईले एम सी सी पारित गर्न नेकपा भित्र र सबैभन्दा नालायक प्रधानमन्त्री ओलीसँग गर्दै गएको साँठगाँठ को बिरोध गरौं। किनकि शेरबहादुर देउवा दाइको नजिर यस्तो बस्यो की बोल्दा पनि डराउनु पर्ने नबोल्नुको कारण त जसले पनि अनुमान लगाउन सकिने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!