मोरङको पथरीशनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफल अघि बढाएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले असार १० गतेको नगरसभाका लागि प्रति वडा ७५ लाख वडागत बजेट सिलिङ तय गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

बैठकले, जेठ ३० गतेसम्ममा विषयत समितिमार्फत नितीगत विषय सहितको योजना र असार ५ गतेसम्ममा वडागत योजना तर्जुमा गरिसक्ने निर्णय गरेको पनि प्रवक्ता गुरागाईंले बताउनु भयो ।

कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लामो समयको लकडाउनका कारण राजस्व सहित नगरको समग्र आम्दामीमा गिरावट आएकाले बजेटको आकारमा समेत केही असर परेको छ । चालु आर्थिक वर्षमा १ करोडको वडागत सिलिङ बजेट विनियोजित थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!