बिश्व चर्चित गायिका सेलेना गोमेजको जुलाई २२ जन्मदिन हो। अागामि जुलाइ २२ मा उनि २८ बर्षमा लाग्दैछिन् । १५ वर्षको उमेरमै सबको नजरमा पर्न सफल भएकी उनले छोटो उमेरकै हन्डर पनि खाइन् भने ठुलो सफलता पनि पाइन । सुन्दरता र स्वारले संसारभरका करोडाै युवाहरूलाइ लठ्ठ पार्न सफल सेलेनाको करिअर राम्रै भयो। तर उनको प्रेम यात्रामा भने अवरोध आइरहे।

फेसन सेन्सका कारण उनलाई स्टाइलिस क्विनसमेत भनिन थाल्यो। बढ्दो उमेरसँगै उनको स्वभाव र बानीमा परिपक्वता भने देखिँदैआएको छ।

सेलेना गोमेज उमेरले सानै भए पनि ‘बोल्ड सङ’ दिन सक्ने गायिकाका रूपमा विश्वभरका दर्शकमाझ चर्चित छिन् । उनको आनीबानीलाई मिडियाले राम्रै स्थान दिइरहेका हुन्छन् । सेलेनाका फ्यान युवा नै बढी छन् । कन्सर्टमा उनले प्रस्तुति दिइरहँदा थामिनसक्नुको हुटिङ चलिरहेको हुन्छ ।

सेलेनाको स्वर, प्रस्तुति र शारीरिक सुन्दरता तीनवटै पाटा चर्चित छन् । त्यसैले पनि उनी सानै उमेरमा सफल ‘स्टार’का रूपमा स्थापित भइन् । आफूले गरेको कामप्रति विश्वास र प्रेम दर्शाउने बानीका कारण पनि असफल हुन नपरेको उनी बताउँछिन् ।

आफ्नो ‘प्रोफेसन’मा सेलेना निकै सजग छिन् । उनको पहिलो कर्तव्य श्रोता–दर्शकको अपेक्षा पूरा गर्नु नै हुन्छ । कर्तव्य के हो सोचेर त्यसैअनुसार काम गर्ने उनले एक अन्तर्वार्तामा बताएकी छिन् । ‘दर्शकसामु स्टेजमा जानुअघि म जैतुनको तेल पिउँछु,’ उनले भनेकी छिन्, ‘मेरा हजारौँ दर्शकलाई रमाइलो दिनुअघि मैले आवश्यक पूर्वतयारी गर्नैपर्छ ।’

हुन त जैतुनको तेल सेलेनालाई मन पर्दैन । तर, स्वरमा निखार ल्याउन उनी तेल पिउने गर्छिन् । ‘यसको स्वाद मलाई मन पर्दैन, तर गलाका लागि निकै राम्रो हुन्छ,’ सेलेनाले भनेकी छिन्, ‘केही थोपा जैतुनको तेल पिएपछि गला सफा हुन्छ र राम्रो स्वर आउँछ ।’

सेलेनाले बरुनो मार्स, ब्रिट्नी स्पेयर्स, रिहाना र स्क्रिलेक्सलाई आफ्नो गायनको आदर्श मान्छिन् । ‘मैले पहिलोपटक नौ वर्षको छँदा संगीत कार्यक्रममा भाग लिएकी थिएँ, ब्रिट्नी स्पेयर्सको प्रस्तुति थियो,’ उनले सम्झिन्, ‘मलाई याद छ, त्यही कार्यक्रमले मेरो जीवनमा संगीतको प्रकाश भरिदिएको थियो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!