पति पत्नी भनेको एक रथका दुई पाँग्रा हुन् । पति पत्निबिचको सम्बन्ध जति सुमधुर हुन्छ खुशी र माया उति नै बढ्छ परिवरामा उति नै सुख शान्ती छाउछ । जुन कुरा बास्तुशास्त्रमा पनि उल्लेख छ । वास्तुशास्त्रअनुसार श्रीमान् र श्रीमतीबीचको सम्बन्ध राम्रो बनाउनका लागी घरमा प्रेमालाप गरिएका तस्विरहरुको आवश्यकता पर्छ ।पति पत्निबिचबिच बेलाबेलामा झगडा भइरहन्छ भने सुत्नेकोठामा राधा कृष्णको फोटो राख्नुहोस् यसले केही न केही तपाईको सम्बन्धमा खुशीयाली ल्याउछ ।
दुबै बीच सम्बन्ध राम्रो बनाउन सुत्नेकोठामा हाँसको फोटो राख्दा पनि राम्रो हुने शास्त्रमा उल्लेख छ । त्यसले भोलीबाट नै तपाईको मुहामार पविर्तन ल्याउँछ ।
कोठामा शंखको एउटा ठूलो चित्र भएको फोटो टाँसेमा, हिमालयको फोटो राखेमा , बाँसुरीको चित्र भएको तस्विरले पति पत्निबिचको प्रेमालापलाई ह्वात्तै बढाउँछ ।
तर तस्विर किन्दा र टाँस्दा दुवै दम्पतीको साथको पनि उत्तिकै जरुरी हुन्छ र प्रेम त्यहीबाट सुरु हुने बिश्वास गरिन्छ ।