महाभारतको कथा बारे प्राय सवैलाई थाहा नै छ। महाभारत थाहा हुनेलाइ महाभारतकी पात्र द्रौपदीले पञ्च पाण्डवसँग विवाह गरेको प्रसंग थाहा नहुने कुरै भएन । द्रौपदीले पाँचवटा श्रीमानसँग विवाह गरेको कुरा त तपाईले महाभारतमा पढ्नु नै भएको होला । तर पाँच श्रीमान भएकी उनले कसरी सुहा*गरात मनाईन् भन्ने कुरा अझ रोचक र धेरैको चासोको बिषय रहेको छ ।

राजा द्रुपदको दरबारमा द्रौपदीको स्वयम्बरको समय चलिरहेको थियो जहाँ बिभिन्न देशका राजकुमारहरु उपस्थित थिए । राजाले स्वयंवरमा एउटा सर्त राखेका थिए । जसले तलाउमा हेरेर रुखमाथी झुण्ड्या’ईको माछाको आँखाको नानीमा तीरले साँध्न सक्छ, उसैसित द्रोपदीको बिवाह हुनेछ ।

हिन्दु धर्ममा एक स्त्रीले एक जना पुरषसंग मात्र बिवाह वा स*हबास गर्नुपर्ने नियम भएका कारण महादेबले द्रोपदीलाई बरदान दिंदा नै उनले हरेक पटक स्नान गरेपछि कुमारी नै अवस्थामा फर्किने बरदान

अर्जुनले भगवान श्रीकृष्णसंग आज्ञा लिएर धनुषमा बाण चढाए र तलाउतर्फ निहुरिएर चलाएको तीर माछाको आँखा बिचबाटै बाहिरियो। राजाको पूर्व सर्त अनुसार द्रौपदीले अर्जुनलाई स्वयंवर गरेकी थिइन्। द्रौपदीलाई लिएर खुशीले गदगद हुंदै माता कुन्तीको चरणमा सुम्पिन हतारिएर आईपुगेका पाण्डवहरु तर्फ हेर्दै नहेरी कुन्तीले सबै भाइले बाँडेर राख्नु भनेकी थिइन्।

आमाको बचनलाई आदेश मान्ने पाण्डबहरुले बिरोध जनाएनन्। यस कुराबाट आहत बनेका राजा द्रुपदले व्यास ऋषीसंग सल्लाह लिए । पुर्वजन्ममै देवादी देव महादेवले द्रौपदीको तपस्याबाट प्रसन्न भएर बरदान दिएका थिए। द्रौपदीले आफूलाई संसारकै सर्बज्ञानी पुरुष पति बनाउन पाउं भनेर पाँच पटकसम्म भनेकी थिइन् । पाचैँ पटकसम्म नै महादेवले तथास्तु भनेका थिए।

यसप्रकार द्रौपदीका पाँच जना पति भएका हुन् । तर हिन्दु धर्ममा एक स्त्रीले एक जना पुरषसंग मात्र बिवाह वा स*हबास गर्नुपर्ने नियम भएका कारण महादेबले द्रोपदीलाई बरदान दिंदा नै उनले हरेक पटक स्नान गरेपछि कुमारी नै अवस्थामा फर्किने बरदान पनि दिएका थिए।

सवैभन्दा पहिले जेठा दाजू युधिष्ठिरले सु*हागरात मनाए त्यसपछि भिमले त्यसैगरी प्रत्येक पाण्डवले कुमारी द्रौपदीसंग सहबा*स गर्न पाए। यी कुराहरु धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएका छन्। महादेवकै बर पाएका कारण दौपदी पञ्च कन्या मध्येकी एक हुन् । पाँचवटा पति भए पनि उनी कन्याका रुपमा कहलिन्छिन् । शास्त्रमा पञ्चकन्याका रुपमा अहिल्या द्रौपदी, कुन्ती, तारा र मन्दोदरी उल्लेख गरिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!