प्रदेश १ सरकारले ठोस योजना ल्याउन सकेन

सत्तापक्षकै सांसद द्वारा असन्तुस्टी व्यक्त

आइतबार, जेठ २५, २०७७ || 578  पटक पढिएको

निर्वाचन क्षेत्र केन्द्रित योजनाहरु आर्थिक बर्ष २०७७÷०७८ को निती तथा र्काक्रममा नपरेको प्रदेश न. १ का सांसदहरुले गुनासो गरेका छन । कोरोना भाईरसको संक्रमणले विश्व आक्रान्त बनाईरहेको बेला सरकारले ठोस योजना ल्याउन नसकेको आरोप लगाउदै सांसदहरुले असन्तुस्टि जनाएका हुन । प्रदेश न. १ का सांसद कुलप्रसाद साम्बाले मंगलबारे अस्पताललाई जसरी भएपनी ट्रमासेन्टर बनाउनुपर्ने माग गरे ।
प्रदेश न. १ सरकारले सार्वजनीक गरेको आर्थिक बर्ष २०७७÷०७८ को निती तथा कार्यक्रममा ठोस योजना नआएको विषयमा प्रमुख प्रतिपक्षी काग्रेसले विरोध गरिरहेको बेला सत्तापक्षकै सांसदहरुले असन्तुस्टि जनाएका छन । उनिहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत कार्यक्रम योजनामा नपरेको गुनासो गरे ।
सत्ता पक्षकै सासद उपेन्द्र घिमिरेले कोरोनाकाकारणले लकडाउनमा बसेका विद्यार्थीहरुले पढ्न नपाएको गुनासो गरे । उनले विद्यार्थीहरुलाई कसरी पढ्ने वातावरण बनउने भन्ने विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरे । घिमिरेले कृषक लक्षीत कार्यक्रम लाई अझै व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गरे । उनले शिक्षा क्षेत्रलाई अझै समेट्न नसकेकोमा चिन्ता व्यक्त गरे ।  नती तथा कार्यक्रम सार्वजनीक भएकै दिन देखि विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल काग्रेसले सरकारले घोषणा गरेको सय दिनको कार्यक्रम समेत प्रभावकारी तरीकाले सम्पन्न नगरेकाले यो सरकारबाट केहि आस गनुपर्ने अवस्था नरहेको विचार व्यक्त गरे । उनले कोरोना संक्रमण बढीरहेकाले आईसोलेसनको संख्या बृद्धि संगै दक्ष जनशक्ती समेत अभावरहेकाले त्यसको संम्बोधन नभएको बताए ।
काग्रेस प्रदेश न. १ का सचेतक सुर्यमाराज राईले निती तथा कार्यक्रमले किशानहरुका समस्या संम्बोधन गर्न नसकेको बताए । देशको अर्थतन्त्र धरासायी भएको बेला तल्लो तहका किशानलाई सरकारले सहयोग गर्नुपर्ने विचार व्यक्त गरे । आईतबार( आज) बसेको प्रदेश न. १ को संसदको बैठकले शुक्रबार सार्वजनीक गरेको निती तथा कार्यक्रम टेवल गर्नुका साथै छलफल गर्ने कार्यक्रम चलाएको हो । आज एक दर्जन संसादले आ–आफ्ना धारणा राखेका थिए । धारण राख्ने बहुसंख्यक सांसदले सरकारले सार्वजनीक गरेको निती तथा कार्यक्रममा आफ्ना योजना नपरेकोमा गुनासो गरेका थिए । सरकारले आर्थिक बर्ष २०७७÷०७८ को निती तथा कार्यक्रम गत शुक्रबार प्रदेश न. १ को संसदमा सार्वजनीक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!