आइतबार, जेठ २५, २०७७ || 556  पटक पढिएको

नेपालमा कोरोना भाइरसका २१३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज संक्रमित थपिएको जानकारी दिएको हो । योसँगै कुल संक्रमित संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

थपिएका संक्रमित २०९ पुरुष र ४ महिला भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

दैनिक जसो संक्रमितको संख्या ठुलो संख्यामा बढिरहेको छ । विगत दुई दिन यता २ सयभन्दा बढीको संख्यामा संक्रमित थपिएकामा आज २ सयको लाइनमा झरेको छ ।

यसअघि हिजो ३ सय २३ जना संक्रमित थपिएका थपिएको थियो । हिजो ३ हजार संक्रमित सख्या नाघेको थियो ।

देशका ७० जिल्लामा संक्रमित भेटिइकेका छन् । १३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

संक्रमित बढिरहेपनि सरकारले लकडाउन खुकुलो गर्न लागेको हो । लकडाउन गरेको ७५ दिन बितिसक्दा पनि रोकथाममा खासै सफलता हासिल नभएको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!