हिपमत डटकम
धरान , पौष १५ गते
सरकारले सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गर्न कानुन लागू गरे पनि सत्तारूढ नेकपा का पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुलीले प्रमुख अतिथिको आसनबाटै सुर्ती माडेर खाए । धरान मा आयोजित कृषि कार्यक्रमको अवलोकन तथा भ्रमण गर्न आएका मन्त्री पराजुली आफूले मात्र होइन अखिल नेकिसान महासंघका केन्द्रीय सदस्य गणेशप्रसाद गुरागाईंलाई पनि सुर्ती बाँडे ।