खबर ठुलो छ

भारतका मोस्ट वान्टेड र अन्डरवर्ल्ड डन भनिने दाउद इब्राहिमको मृत्यु भएको अड्कलबाजी चल्ने क्रम जारी छ । वास्तवमा शुक्रबार भारतका केही मिडियाले आफ्नो रिपोर्टमा दाउद र उनकी श्रीमती कोरोना संक्रमित भएको र कराँचीको सैनिक अस्पतालमा उपचार गराइरहेको जानकारी दिएका थिए । दुबैको स्थिती गम्भीर बताइएको थियो । त्यसपछि शनिबार उनको मृत्युको खबर सार्वजनिक हुन थाल्यो । अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन । शुक्रबारमात्रै दाउदका भाइ अनिसले दाउद संक्रमित नभएको स्पष्टिकरण दिएका थिए । अनिसले भनेका थिए, ‘डी कम्पनी (दाउदको नेटवर्कलाई यसै नामले चिनिन्छ) दुबई र पाकिस्तानमा व्यापार गरिरहेको छ ।’

वास्तविकताको प्रतिक्षाः

शुक्रबार राती इन्टेलिजेन्स एजेन्सीलाई उद्धृत गरिएको रिपोर्टमा कराँचीको क्लिफ्टन इलाकामा बस्ने दाउद र उनकी श्रीमतीमा कोरोना संक्रमण देखिएको बताइएको थियो । यी दुईको कराँचीको सैनिक अस्पतालमा उपचार चलिरहेको र स्थिती गम्भीर भएको बताइएको थियो । रिपोर्ट अनुसार पाकिस्तान आर्मीको इन्टेलिजेन्स युनिट र आइएसआईले उनीमाथि निगरानी गरिरहेको छ ।

पुनः अनिसको खण्डनः

दाउदको स्वास्थ्यबारे चलिरहेको अड्कलका बीच भारतीय सञ्चार माध्यमले अनिससँग कुराकानी गरेका छन् । अनिसले दाउद वा उनका परिवारका कुनै पनि सदस्य संक्रमित भएको खबर खारेज गरिदिएका छन् । अनिस कहाँ छन्, त्यो स्पष्ट छैन । अनिसले भने, भाइ र शकिल (दाउदका दाया हात छोटा शकिल) को स्थिती राम्रो छ । कसैलाई पनि कोरोना संक्रमण भएको छैन । परिवारका कोही पनि सदस्य अस्पतालमा छैनन् ।’

के भन्छन् त ?

अनिसका अनुसार डी कम्पनीले पाकिस्तान र दुबईमा व्यापार गरिरहेको छ । अनिसलाई जब युएईको लग्जरी होटल र पाकिस्तानमा ठूला प्रोजेक्टबारे प्रश्न सोधियो तब उनले भने, ‘यातायातको व्यवसाय पनि चलाइरहेका छन् ।’ एजेन्सी

आइतबार, जेठ २५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया