कतिपय कुराहरु हामिले आफ्नो सोचेर अरुलाई आफ्नो कुराहरु खोल्छौ । धेरै जसो कुराहरु अरुलाई खोल्दा पनि त्यसले हानि गर्न सक्छ । त्यसैले हामीले जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरु पनि हुन्छन् ।हामीले जीवनमा सधै गोप्य राख्नुपर्ने ७ कुराहरु बारे चर्चा गर्छौ । जुन तपाईको लागी राम्रो पनि हुन्छ ।राख्न नसक्दा मानीसले कतिबेला आफ्नो अमूल्य जीवन गुमाउनपुग्छ थाहा नै हुँदैन ।हाँस्ने सँग हाँस्छु।रमाउने सँग रमाउछु।मिल्ने सँग बह पोख्छु।तर निरास पार्न जानेको छैन। शृष्टिले एक अर्कालाई आनन्द दिनुपर्छ । परमेश्वरको इच्छाविना अस्तित्वमा आएका चिजहरु यस धर्तिमा छैनन् । यसकारणले हरेक चिज एक अर्काका परिपुरक छन । एकले अर्काको आवश्यकताहरु र समस्याहरुलाई समाधान गर्नु यसको धर्म हो । माटो, पानी र खनिजले झारपात र रुखलाई भोजन जुटाइरहेका छन । झारपात र रुखहरुले जनावर, पक्षीहरु लगायत मानिसहरुका आवश्यकताहरु पुरा गरिरहेका छन ।तेसैले मानीसले बोल्दा हीड्दा मानीसहरुको भीडमा सोचेर मात्र बोल्नु अती आवसेक्ता हुन्छ।

१। दान – तपाईले कसलाई दिनुभएको छ भने त्यो कुरा अरुलाइ भन्नु राम्रो हुदैन । दान धर्म लिएको कुरा यदि भन्नु भो भने त्यसको तपाईलाइ फल प्राप्त हुदैन ।
२। मन्त्र – यदि तपाईलाइ गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्र कसैलाइ भन्न हुदैन । किनकी मन्त्रमा शक्ति हुन्छ ।
३। घर परिवारको झगडा – कहिले काहि परिवारमा झगडा हुनु सामान्य कुरा हो । झगडा धेरै जसो घरहरुमा हुन्छ । घरमा झगडा हन्छ भने यो कुरा कसैलाई भन्न हुदैन । यदि परिवारको झगडा भएको अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।
४। अपमान – आफू कहि कतै अपमानित भइएको छ भने यस्तो कुरा पनि अरुलाई भन्न हुदैन । किनकी अरुले तपाईको खिल्ली उडाउन सक्छन् ।

५। रातिक्रिडा – जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि भन्नु हुदैन । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो कुरा होइन । तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन सक्छ ।
६ पद प्रतिष्ठा – मानिसहरु पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने हुन्छ । तर पद र प्रतिष्ठको विषयमा सकेसम्म गोप्यता राख्नु राम्रो हुन्छ ।
७। धन हानी – जीवनमा तपाइँलाई धन हानीको अवस्था परेमा आर्थिक नोक्शानीको बारे कसैलाई भन्न हुँदैन् । मानिसहरुले तपार्इंको धन हानी हुँदा तपाइसँग भएको धनबारे जानकारी पाउने गर्छन् । त्यति मात्र होइन मात्र होइन हानी भएका कारण तपार्इंबाट टाढिने पनि हुन्छ ।

याे पनि पढ्नुहाेस्ः

यी ७ प्राणीलाई निन्द्राबाट कहिल्यै उठाउनु हुँदैन, यस्तो छ अनौठो कारण ?

सर्प, राजा, बाघ, अरिंगाल, बालक, पराईको कुकुर र मुर्ख निदाएका छन् भने यिनलाई कहिल्यै उठाउने प्रयास नगर्नु नै उचित हुने गर्छ ।

यस धर्तिमा अनेकौं जीव जनावरको बसोबास रहेको छ । हरेक प्राणिको आ–आफ्नै अस्तित्व रहेको छ । त्यस्ता प्राणी को रहन सहन र खान पान पनि फरक हुने गर्छ । कतिपय त्यस्ता प्राणिहरु छन जसलाई सुति रहेको बेला हामिले ब्युझाउनु हुदैन । त्यस्तै सात प्राणिको बारेमा हामी कुरा गर्दै छौं । सर्प, राजा, बाघ, अरिंगाल, बालक, पराईको कुकुर र मुर्ख निदाएका छन् भने यिनलाई कहिल्यै उठाउने प्रयास नगर्नु नै उचित हुने गर्छ ।

तर विद्यार्थी, सेवक, पथिक, भोकले व्यकुल, भयग्रस्त व्यक्ति, भण्डारे र द्वारपाल निदाएका छन् भने यिनलाई उठाई दिनुपर्छ । यिनिहरुलाई उठाउदा धर्मा प्राप्त हुने बिश्वास गरिन्छ । चाणक्य भन्छन्, संसारमा सबै कुरा जो समस्या बनेर खडा भएको हुन्छ त्यसको समस्याको समाधान पनि छ । त्यसको औषधि छ । तर मुर्खता निर्मूल पार्ने कुनै औषधि नै छैन ।

मुर्ख र काँडाबाट टाढा रहने दुईवटा मात्र उपाय छन्, जुत्ताले मुख फोर्नु र टाढैबाट त्याग गरिदिनु । यस्तै मुर्ख मानिसहरु देखि टाढा नै रहनु उचित हुने गर्छ । मान्छेको जात जस्तो देखिए पनि मानिस पनि दुई खुट्टटे प्राणी हो । मानिस पनि पशु नै हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!