शनिबार, जेठ २४, २०७७ || 2153  पटक पढिएको

बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना छन् । जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङ बजार स्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा २१ गते राति १२ बजेको समयमा अति आ-पत्तिजनक घ-टना घट-न गएको बुर्तिवाङ बजारमा चर्चा चलेको स्थानिय इ-बाग्लुगले उल्लेख गरेको छ । क्वारेन्टाईनमा बस्ने युवाहरुले क्वारेन्टाईनको अर्को कोठामा बस्ने एक युवती र एक जना सुरक्षाकर्मीलाई आ-पत्तीजनक अवस्थामा देखेपछी तत्कालै यसको जानकारी प्रहरी लगायत सरोकारवाला निकायलाई फोनबाट दिएपछी घटना छताछुल्ला भएको हो । विहिबार विहान करिब ८ बजे ईलाका प्रहरी कार्यालयका प्रमुख, सुरक्षामा खटिएका नेपाल आर्मीका ईन्चार्ज लगायत अन्य केही विशेष व्यक्तिहरु बसी छलफल गरेपछि निज युवती र घटनामा संलग्न नेपाल आर्मीका ती जवान दुवैलाई संझाइएको बताइएको छ । त्यसपछि मध्यरातको समयमा ग-लत हर्कत गर्न खोज्ने ती सुरक्षाकर्मीलाई विभागीए का-र्वाही गर्ने टोलीका इन्चार्जले आश्वासन दिएको बताइएको छ । क्वारेन्टिनमा रहेकी युवतीसंग गएर भेटघाट गरेका कारण अहिले उनलाई आर्मीको छुट्टै क्वारेन्टिनमा राखिएको एक स्रोतले बताएको छ ।

तमानखोला गाउँपालिकाकी ती युवती १२ दिन पहिले भारतको दार्जीलिङबाट आएर ढोरपाटन नगरपालिकाले निर्माण गरेको उत्तरगंगा मा.वि.को क्वारेन्टिनको ४ नम्बरको कोठामा बस्दै आएकी थिइन । उक्त घटना घटेपछि उनलाई स्थानीय पालिकाको समन्वयमा तमनखोला गाउँपालिकाकै क्वारेन्टिनमा आज विहान पठाइएको स्रोतले बताएको छ । कोरोना संक्रमणको समयमा जनतालाई सहजीकरण गर्ने र थप सुरक्षा दिने भनेर खटिएका जिम्मेवार व्यक्तिबाट नै क्वारेन्टिनमा बसेकामाथि गरिने यस खालको ह-र्कतले स्थानीयबासी र क्वारेन्टिनमा बसेकाहरुले समेत असुरक्षाको महसुस गर्दै आएका छन् । आफ्नो डिउटी समेत अफ भएको समयमा मध्यरातमा क्वारेन्टिनभित्रै पसेर युवतीसंग मायाजालमा बाँ-धिन खोज्ने आर्मीका ती व्यक्तिलाई अब कुन विभागीय कार्वाहीले बाँ-ध्ने हो ? त्यो भने कसैलाई थाहा छैन । बरु घटनालाई नै गोप्य राख्ने प्रयास गरिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!