खबर ठुलो छ

बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको कोरोनाभाइरसको संक्रमणका कारण निधन भएको छ । उनी ७७ वर्षका थिए । अनिलका भाइ तथा फिल्म निर्माता राजिव सुरीले अनिललाई जून २ तारिखमा ज्वरो आएको र त्यसको केही घण्टामा नै स्थिती बिग्रिएको जानकारी दिए । अनिलको बिहिबार राती ७ बजे निधन भएको हो । अनिल सुरीको अन्तिम संस्कार भोलिपल्ट शनिबार बिहान ओशिवारा शवदाहगृहमा गरिएको हो । त्यतिबेला परिवारका चारजना सदस्य मात्रै उपस्थित थिए । अन्तिम संस्कारका बेला सबैले पिपिई किट लगाएका थिए । भाइले भने, ‘बुधबारदेखि बिग्रियो स्वास्थ्य स्थिती’ राजिवले भने, ‘जून ३ मा अनिल सास फेर्न सकिरहेका थिएनन् । हामीले उनलाई अस्पताल दौडायौं । तर, हिन्दुजा र लिलावतीजस्ता अस्पतालले सेवा दिन अस्विकार गरे । त्यसपछि उनलाई नगरपालिकाको अस्पालमा बुधबार राती भर्ना गरियो । उनलाई कोरोनाको संक्रमण भएको थियो । बिहिबार डाक्टरले केही गडबडी भएको भन्दै उनलाई भेन्टिलेटरमा राख्यो । अनिल सुरीले राजकुमार र रेखा स्टारर कर्मयोगी र राजतिलकजस्ता फिल्मको निर्माण गरेका थिए । संयोग नै मान्नुपर्छ बिहिबार बिहान बलिउड फिल्म निर्माता बासु चटर्जीको मृत्यु भएको थियो र त्यसैदिन बेलुका राजिवका भाइ अनिलको पनि मृत्यु भयो ।

शनिबार, जेठ २४, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया