आमिर खानको फिल्म ‘दंगल’बाट फिल्मी करियर सुरु गरेकी बलिउड अभिनेत्री सान्या मल्होत्रा फिल्ममा साइन गर्नुभन्दा अघि स्क्रिप्टलाई प्राथमिकता दिने बताउछिन् ।

बक्स अफिसमा सुपरहिट बनेको फिल्म दंगलपछि पनि उनले खेलेको अर्को फिल्म ‘बधाई हो’ले पनि दर्शकहरुको राम्रो साथ पाएको थियो । साथै सो फिल्मले बेस्ट पपुलर फिल्मको राष्ट्रिय पुरस्कार जितेको थियो ।

जुन तरिकाले दर्शकको माया पायौं, त्यो अकल्पनीय छ । यसै कारण यो फिल्मले राष्ट्रिय पुरस्कार पाउनु सन्तोषजनक

सान्याले न्युज एजेन्सी आईएएनएसलाई भनिन्– ‘जब मैले बधाई हो फिल्मको कहानी सुने, त्यतिबेला नै यो फिल्म स्पेशल हुन्छ भन्ने मलाई लागेको थियो । यसको विषयवस्तु पूरै फरक थियो । यो फिल्मको लागि हुन्छ भन्न मलाई खासै समय नै लागेन । जुन तरिकाले दर्शकको माया पायौं, त्यो अकल्पनीय छ । यसै कारण यो फिल्मले राष्ट्रिय पुरस्कार पाउनु सन्तोषजनक छ ।’

‘त्यस्तै दंगल बनाइरहेको समयमा हामीले धेरै आशा गरेका थियौं, अन्त्यमा आएर फिल्मले दर्शकहरुको राम्रो साथ पायो । हाम्रो लागि यो निकै सन्तोषजनक थियो । यो फिल्मले कहानीले युवतीहरुलाई प्रेरित गरेको थियो ।’

फिल्मको अलावा सन्या पछिल्लो समय सोसल मिडिया इन्स्टाग्राममा पनि निकै सक्रिय रहेकी छन् । उनले इन्स्टाग्राममा आफ्नो सुन्दर तस्वीरहरु सेयर गर्दै आएकी छन् । तीमध्य दर्शकले निकै रुचाएका तस्वीरहरु हेरौं ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!