२०२६ वैशाख १७ गते नेपालको उत्तरी सिमानामा हतियार र सञ्चार उपकरणसहित बसेका भारतीय सेनाका १७ वटा पोस्ट फिर्ता पठाइए, तर २०१९ सालदेखि कालापानीमा बस्दै आएको १८ औं पोस्ट फिर्ता भएन । २०३२ सालमा नेपालले पहिलो पटक नयाँ नक्सा जारी गर्यो । नयाँ नक्सा जारी गर्नुअघि २०३१ सालमा दरबारले कालापानीबाट भारतीय सेना हटेको/नहटेको विषयमा गम्भीर चासो राखेको खुलासा भएको छ । २०३१ सालमा दरबारले तत्कालीन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखी कालापानीबाट भारतीय सेना हटे/नहटेको बारेमा जानकारी गराउन निर्देशन दिएको प्रमाण भेटिएको छ । दरबारको निर्देशनपछि तत्कालीन सरकारले यस विषयमा फिल्डमै गई अध्ययन गर्न एउटा टोली गठन गरेको थियो । स्रोतका अनुसार २०३० सालमा परराष्ट्र र गृहका प्रतिनिधि पुरुषोत्तम रेग्मी र हरिप्रसाद खत्री कालापानी क्षेत्रमा गई तत्कालीन सरकारलाई झण्डै ४० पेज लामो प्रतिवेदन बुझाएका थिए । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!