पोखराको फेवातालमा मृत फेला परेका युवकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । गत बैशाख २६ गते दिउसो २:३० बजेको समयमा फेवातालमा पौडी खेल्दै गर्दा बे-पत्ता भएका उनको करिव २ घण्टापछि श-व फेला परेकोमा हालसम्म पहिचान खुल्न नसकेको कास्की प्रहरीले उल्लेख गरेको छ । गहुँगोरो वर्णको आर्यन अनुहार भएको, ठिक्कको शरिर भएको, कालो लामो कपाल पालेको, हल्का दाह्री जुँगा पालेको अन्दाजी २२/२५ वर्षको जस्तो देखिने युवकको शव फेला परेकोले कोही आफन्त वा चिनजानको व्याक्ति भए जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क गर्न कास्की प्रहरीले आग्रह गरेको छ । प्रहरीले मृतकको सनाखतको लागी आवश्यक सहयोग गर्न सबैलाई अनुरोध समेत गरेको छ। साथै मृतकको सनाखतको लागी आवश्यक सहयोग गरिदिनु हुन संचार माध्यामलाई समेत अनुरोध गरिएको छ ।  मृत-कको श-व पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शब् घरमा राखिएको छ ।
स्रोत :डिस्त्रिक्त पुलिस अफिस,कास्की

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!