हिपमत डटकम
पथरी शनिश्चरे ,पुष १४ :मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालन हुन सुरु गरेका २ योजनाको प्रारम्भिक अनुगमन् गरिएको छ ।
नगर उपप्रमुख एवम् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको समितिले २ वटा कल्भर्टको प्रारम्भिक चरणको अनुगमन् गर्दै त्यसलाई गुणस्तरीय रुपमा समयमै निर्माण सम्पन्न गर्न निर्देशन समेत गरेको छ ।
वडा नम्वर २ र ३ को सिमानामा पर्ने १० मिटर लम्वाई र ५ दशमलव १० मिटर चौडाईको कसेनी लाटीहोली पुलको भूँईको सुरु भएको सोलिङको कामको अनुगमन् भएको छ । जसका लागि वडाको ३० लाख रुपैयाँको लागत स्टिमेट तयार गरिएको थियो ।
त्यसैगरी, वडा नम्वर ६ र ८ को सिमानाको केर्खा खोला कल्भर्टमा सोलिङ सकेर फाउण्डेशन् कार्य अघि बढेको अवस्थाको योजनाको पनि अनुगमन् भएको छ । नगरको ३५ लाखको बजेट स्टिमेटमा १० मिटर लम्वाई र ५ दशमलव १० मिटर चौडाईको डबल स्पानको कल्भर्ट निर्माणका क्रममा गिट्टीको गुणस्तरमा सुधार गर्न सुझाव दिइएको संयोजक वास्तोलाले जनाउनु भयो ।
त्यस्तै, टोलीले वडा नम्वर ३ को हरियाली चोकको कालोपत्रे तथा वुद्धमार्ग अन्तर्गत वडा नम्वर ७ तर्फको कालोपत्रेमा केही स्थानमा केही सुधार गर्नुपर्ने देखेको वास्तोलाले उल्लेख गर्नुभयो ।
टोलीले, नगरपालिकाको प्राविधिक सहितको नगर उप्रमुख वास्तोलाको सहयोग आव्हानमा निर्माण सम्पन्न हुन लागेको अपाङ्गता भएकी एकल महिला तुम्वादेवी राईको घरको समेत अवलोकन सहित अनुगमन् गरेको छ ।