सोमबार, पौष १४, २०७६ || 933  पटक पढिएको

हिपमत डटकम
बिराटनगर ,पुष १४ :ईलाका प्रहरी कार्यालय दुहवीको नबनिर्मित कार्यालय भवनको निर्माण कार्य सम्पन्न गरी समुद्‍घाटन गरिएको छ । आज एक बिशेष कार्यक्रमबीच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले ईलाका प्रहरी कार्यालय दुहवीको नवनिर्मित कार्यालय भवनको शिलालेख अनावरण गरी समुद्‍घाटन गर्नुभएको हो । भवन उद्घाटन कार्यक्रममा बोल्नुहुदै प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले अहिलेको अवस्थामा शिक्षा,स्वास्थ्य र शुरक्षा आधारभुत आवश्यकता भई सकेकोले सुरक्षा ब्यवस्था गर्ने आधारभुत आवश्यकता र प्रहरीको बाँस स्थानलाई परिपूर्ति गर्ने सन्दर्भमा सुन्दर संरचनाहरुको धमाधम निर्माण भईरहेको बताउनु भयो । वहाँले स्थानिय शान्ती सुरक्षामा नागरिकको अहम भूमिका रहने हुँदा प्रहरी र नागरिकको सहाकार्यले मात्र शान्ती सुरक्षा सुदृढ हुने विश्वास समेत व्यक्त गर्नु भएको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनिय कृयाकलापहरुलाई रोक्न नेपाल प्रहरीले गाउँ बस्तीहरुमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको हुँदा यसमा स्थानीयहरुको सहयोग पनि उत्तिकै खाँचो पर्ने भएकोले कुनै पनि घटनाहरुको बारेमा प्रहरीलाई सूचना दिन कसैले पनि नहिच्किचाउन समेत आग्रह गर्नु भएको थियो। नागरिकहरुले प्रहरी प्रति आशा र भरोसा राख्ने हुँदा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी अझ वढी ब्यवसायीक र क्रियाशील भएर अघि बढ्न वाहाले प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । वहाँले भवन निर्माणमा सहयोग गर्नुहुने महानुभावहरु तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार, प्रशंसा पत्र तथा कदरपत्र बितरण गर्नु भएको थियो ।

भवन उदघाटन कार्यक्रममा दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले शुभकामना मन्तब्य राख्नु हुदै पछिल्लो समयमा प्रहरीबाट भएका काम कार्बाहीहरुको प्रशंसा गर्नु भएको थियो भने शान्ति सुरक्षाको सवालमा नगरपालिकाको तर्फबाट गर्नु पर्ने जस्तो सुकै सहयोग गर्न पनि नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रम प्राविधिक प्रहरी निरीक्षक ई. केबिनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु हुदै कुल २ करोड ६८ लाख २१ हजार ७४१ को लागतमा २१ कोठा भएको साढे दुई तले पक्की प्रहरी भवनको निर्माण गरिएको बताउनु भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक यज्ञ बिनोद पोखरेलले उपस्थित सबैमा तथा भवन निर्माणमा सहयोग पू-याउने हुने सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानिय जनप्रतिनिधीहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, पत्रकार, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु,समाजसेवी,स्थानिय तथा विधार्थीहरुको उपस्थित रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!