बिहिबार, जेठ २२, २०७७ || 596  पटक पढिएको

मोरङको कटहरीमा जनता आवास कार्यक्रमअन्तर्गत १५ घर निर्माण गरिने भएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको रु १५ लाख र जीवन विकास संस्थासँग सहकार्य गरेर घर निर्माण गर्न लागिएको हो । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कटहरी–२ कदमगाछीमा निर्माण गरिने घरको बुुधबार शिलान्यास गर्नुभयो । मन्त्री घिमिरेले चालू आर्थिक वर्षमा शुरु भएको यस कार्य आगामी आर्थिक वर्षभित्र सकिने बताउनुभयो । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत र उपाध्यक्ष मञ्जिता सरदारले घरवारविहीनलाई आवासबाट बसोबासमा सहज हुने भन्दै सन्तोष व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!