बुधबार, जेठ २१, २०७७ || 632  पटक पढिएको

बन्दाबन्दीको समयमा बैंकमा सर्वसाधारणको अत्यधिक भीड बढेपछि व्यास नगरपालिकाका वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका छन् । व्यास नगरपालिका–४ र ९ ले सामाजिक दूरी कायम गर्दै वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेका हुन् । अहिलेको विषम परिस्थितिमा बैंकबाट भत्ता वितरण गर्दा भीडभाड बढेको र लाभग्राहीलाई पनि अप्ठ्यारो भएका कारण वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरिएको व्यास नगरपालिका–४ का सदस्य वसुन्धरा घर्तीले जानकारी दिनुभयो । “यसभन्दा अगाडि बैंकबाटै भत्ता वितरण हुँदै आएको थियो, तर अहिलेको परिस्थतिमा बैंकबाट वितरण गर्दा बढी भीडभाड हुने देखियो”, घर्तीले भन्नुभयो, “त्यही भएर सामाजिक दूरी कायम गर्दै वडाबाटै भत्ता वितरण ग¥यौँ ।” उहाँका अनुसार प्रभु बैंक दमौली शाखाको समन्वयमा वडाबाट १६० जनालाई चार महिनावापतको सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । वडामा २४७ लाभग्राही छन् । बाँकीलाई बैंकले समय मिलाएर सामाजिक सुरक्षाभत्ता वितरण गर्नेछ । वडाबाटै सामाजिक सुरक्षाभत्ता पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । बन्दाबन्दीको समयमा बैंकमा गएर पालो पर्खिएर भत्ता बुझ्न समस्या हुने भएकाले वडाबाटै भत्ता पाउँदा सजिलो भएको ज्येष्ठ नागरिक केशरबहादुर गुरुङले बताउनुभयो । “बन्दाबन्दीले गर्दा सधैँ बैंक पनि खुल्दैन, खुलेको दिनमा भीडभाड हुन्छ, घर नजिकै भत्ता पाउँदा सजिलो भयो”, उहाँले भन्नुभयो । यसैगरी व्यास नगरपालिका–९ ले पनि वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । वडाध्यक्ष सुरेश थापाले महालक्ष्मी विकास बैंक दमौली शाखाको समन्वयमा २७० लाभग्राहीलाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको जानकारी दिनुभयो । बैंकको शाखा कार्यालय दमौलीमा रहेकाले गाउँका ज्येष्ठ नागरिकलाई बन्दाबन्दीका कारण दमौली पुग्न समस्या भएकाले वडाबाटै भत्ता वितरण गरिएको थापाले बताउनुभयो । “बन्दाबन्दीका कारण सवारी साधन नचल्ने भएकाले हिँडेर जान तीन÷चार घण्टासम्म लाग्छ, सोही कारण गाउँमै बैंकका कर्मचारीलाई बोलाएर भत्ता वितरण ग¥यौँ”, उहाँले भन्नुभयो । महालक्ष्मी विकास बैंक दमौली शाखाका प्रबन्धक सुदीप न्यौपानेले ज्येष्ठ नागरिक, एकल महिला, दलित र अपाङ्गता भएकालाई गाउँमै पुगेर सामाजिक भत्ता वितरण गर्दा लाभग्राहीलाई पनि सहज भएको बताउनुभयो । उहाँका अनुसार सामाजिक दूरी कायम गरी सुरक्षित हिसाबले भत्ता वितरण गरिएको छ । व्यास नगरपालिकाले दमौलीमा सञ्चालित बैंक तथा वित्तीय संस्था खोल्नका लागि हप्ताको चार दिन निर्धारण गरेको छ । प्रभु बैंक र महालक्ष्मी बैंक मङ्गलबार बन्द रहने भएका कारण ती दुई बैंकले गाउँमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेका हुन् । नगरपालिकाले सोमबार, मङ्गलबार, बुधबार र बिहीबार हप्ताको चार दिन दमौलीका बैङ्कलाई बिहान ११ देखि दिउँसो ३ बजेसम्म खोल्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!