हिपमत डटकम
बिराटनगर ,पुष १४ :नेपाली कांग्रेस केन्द्रिय सदस्य नविन्द्रराज जोशीले पार्टी नेताहरुको समझदारीमा कांग्रेसको महाधिवेशनको मिति घोषणा हुनुपर्ने वताउनु भएको छ । प्रेश युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उहाले वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा गर्नु पार्टी हित विपरित भएको वताउनुभयो ।

पार्टी सभापती सहमती विपरित महाधिवेशनको मिति घोषणा गर्नु त्रुटिपुर्ण भएको भन्दै त्यसलाई सच्याएर आगामी मंसिरका लागी महाधिवेशनका मिति तोक्नुपर्ने उहाको भनाई थियो । मंसिरमा महाधिवेशन हुन नसके सहमतीमा एकदुई महिना मिति सार्न सकिने उहाले वताउनुभयो । पार्टीकालागी महाधिवेशन संवेदनशिल विषय भएकाले सहमती कायमा गरेरमा मात्र महाधिवेशन गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
उहाले कांग्रेस एक जुट हुनुपर्ने वेलमा पार्टी नेतृत्व एकलौटी रुपमा अगाडी वढन खोजेको भन्दै अहिलेको चुनौतीको सामनागर्नपनि एक हुनुपर्ने वताउनुभयो ।
संविधानको मर्म अनुरुप सरकार चल्न नसकेको उहाले वताउनुभयो । उहाले जनतालाई आधार मानेर सरकारले काम गर्नुपर्ने वताउनुभयो । दुई तिहाईको वर्तमान सरकारले संविधानको भावना अनुरुप जनचाहना अनुसार काम गर्नुपर्ने उहाको भनााई थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!