कैलालीमा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ मा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माले भासु जंगलमा हातखुट्टा बाधेर छोरीलाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताए। उनलाई सहजपुरको जंगलबाट भागिरहेको अवस्थामा मंगलबार पक्राउ गरिएको प्रहरी निरिक्षक विश्वकर्माले जानकारी दिए।

छोरीलाई घरमा समेत पटक पटक करणी गर्दै आएका उनले भासु जंगलमा रुखमा हातखुट्टा बाँधेर समेत जबरजस्तीकरणी गरेको उजुरी पीडित किशोरीले दिएको प्रहरीले जनाएको छ।

उनले छोरीलाई अरुलाई भनेमा ज्यान मार्ने धम्की समेत दिदै आएको खुलेको छ। उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाईने प्रहरी निरिक्षक विश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!