सोमबार, पौष १४, २०७६ || 1128  पटक पढिएको

 

हिपमत डटकम
बिराटनगर ,पुष १४ :नेपाली कांग्रेस केन्द्रिय सदस्य डा शेखर कोइरालाले वहुमतको आधारमा महाधिवेशनको मिति घाषणा गर्नु त्रुटिपुण रहेको भन्दै त्यसलाई सच्याएर सहमतीको आधारमा महाधिवेशनको मिति घोषणा हुुनुपर्ने वताउनु भएको छ ।
प्रेष युनियन मोरङले विराटनगरमा आज विहान गरेको पत्रकार सम्मेलनमा उहाले एकलौटी रुपमा कांग्रेसको महाधिवेशन मिति घोषणा गरेर पार्टी सभापती अघि वढन खोजेको आरोप लगाउनुभयो ।
नेता कोइरालाललाले महाधिवेशको मिति लमव्याउने भन्दापनि सवैको सहमतीमा आगामी मंसिरमा महाधिवेशन हुनुपर्छ त्यसकालगी पार्टी सभापतिले सहमती कायम गर्नुपर्ने वताउनुभयो । कार्यतालिक परिवर्तन गरेर सभापतीले महाधिवेशनका लागी उपयुक्त वातावरण वनाउनुपर्नेमा उहाले जोड दिनुभयो ।

उहाले नेपाली कांग्रेसको इतिहासमा वहुमतको आधारमा महाधिवेशनको मिति घोषणा कहिले नभएको भन्दै यस्तो अवस्थामा घोषित मितिमा महाधिवेशन हुने संभावना न्युन रहेको वताउनुभयो ।
एक प्रश्नमा उहाले आफुले पार्टी सभापतिको विरोध गरेको होइन भन्नुहुदै हामी सवै एउटै पार्टीमा भएकाले पार्टीमा मिलेर जानुपर्दछ भन्नुभयो । नेता कोइरालाले पार्टीलाई एक ढिका नवनाएसम्म आफुले राजनितिक विश्राम नलिने वताउनुभयो । एक प्रश्नमा उहाले सरकारी जग्गा यति होल्डरलाई एकलौटि रुपमा दिनु संस्थागत भ्रष्टाचार भएको आरोप लगाउनुभयो । उहाले सरकार जग्गा लिजमा दिदा पारदर्शी रुपमा टेन्डर आव्हान गरेर दिनुपर्ने उहाको भनाई थियो उहाले उहाले सरकारले जनचाहना अनुसार कामगर्न नसकेको आरोप लगाउनुभयो ।
दुई तिहाईको वलियो सरकार हुदापनि सभामुखको चयन गर्न नसक्दा संदन अवरुद्ध भएको उहाको भनाई थियो । मुलुकमा भ्रष्टाचार महगि वढेको भन्दै जनतालाई केन्द्रविन्दुमा राखेर सुशासन कायमगर्ने तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको उहाको भनाई थियो । उहाले राजधानी र प्रदेशको नामाकंनका विषयमा प्रदेश सरकाले गर्नुपर्ने निर्णय नेकपा र सरकारले गर्नुलेपनि वर्तमान सरकार एकलौटी साशन व्यवस्थमा जान खोजेको प्रष्ट हुन्छ भन्नुभयो । उहाले नेपाली जनतालाई मात्र होइन अहिले आफुलाईपनि सरकार छ छैन भन्ने भान भइरहेको छ । सरकारको उपस्थित नभएको भान जनतालाई परिरहेको उहाको भनाई थियो । उहाले हरेका विषयमा राष्ट्रपतिले राजनितिक सक्रियता वढाउनुभयो उपयुक्त नभएको वताउनुभयो । उहाले राष्ट्रपति भनेको संवैधानिक भएकाले राष्ट्रपतिले आफनो गरिमामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!