थापाथलीस्थित प्रसूति गृहमा ६ दिनअघि भर्ना भएकी गर्भवती महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सुत्केरी हुन अस्पताल भर्ना भएकी २२ वर्षीया महिलालाई उच्च ज्वरो आएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ आएको अस्पतालका निर्देशकडाक्टर जागेश्वर गौतमले बताए ।

सुत्केरी हुनका लागि ६ दिनअघि नै अस्पताल भर्ना भएपनि सुत्केरी बेथा नलागेको उनले बताए । संक्रमित गर्भवती महिलाको अवस्था सामान्य रहेको उनको भनाइ छ । संक्रमित गर्भवती महिलालाई कोभिड अस्तपाल पठाउने तयारी गरिरहेको उनले बताए । कोभिड अस्पतालमा सुत्केरी गराउन नमाने प्रसूति गृहमा नै गराउने समेत उनले बताए । गर्भवती महिलामा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मी ट्रेसिङ भइरहेको उनले बताए । उपचारमा संलग्न चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राखिसकेको निर्देशक गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!