मंगलबार, जेठ २०, २०७७ || 565  पटक पढिएको

बाँकेका स्थानीय तहले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम कार्यान्वयन शुरुआत गरेका छन् । कोहलपुर नगरपालिकाले वडा नं १२ सुन्दरबस्तीमा सो कार्यक्रमअन्तर्गतको ६०० मिटर लम्बाइ सडकमा माटो पटान तथा ग्राभेल गर्ने काम शुरु भएको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।

कोरोना जोखिमका कारण कार्यक्रम कार्यान्वयनमा केही ढिलाइ भएको बताइएको छ । बन्दाबन्दीले अप्ठ्यारोमा परेका विपन्न समुदायमा पर्न गएको दैनिक गुजाराको समस्यालाई हल गर्न कार्यक्रम शुरु गरिएको उहाँले बताउनुभयो । रु नौ लाख ६१ हजारको सो कार्यक्रम उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्न लागिएको कोहलपुर नगरपालिकाका सो कार्यक्रम संयोजक भद्रबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अन्ुसार कार्यक्रम कार्ययोजनाको निर्देशिका अनुसार योजना कार्यान्वयन गर्न थालिएको छ । चालू आर्थिक वर्षमा कार्यक्रमका लागि नगरपालिकाले छनोट गरी पठाएका योजनाका लागि रु ७५ लाख रकम प्राप्त भएको छ ।

बन्दाबन्दीका कारण ती योजना समयै शुरु हुन नसकेको भए पनि केही योजनाको काम सामाजिक दूरी कायम गरी थोरै जनशक्ति प्रयोग गरी शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

बाँकेको खजुरा र जानकी गाउँपालिकाले पनि सो कार्यक्रम कार्यान्वयन शुरु गरेका छन् । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले बेरोजगारहरुको सूची सङ्कलन गरेर उनीहरुको क्षमताअनुसारको काम पहिचान गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले पहिलो चरणमा बन्दाबन्दीका कारण समस्यामा परेका बेरोजगारलाई सो कार्यक्रमअन्तर्गत रोजगार उपलब्ध गराउने तयारी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!