कोरोना भाइरसको पहिलोपटक पहिचान गर्ने चिनियाँ डाक्टर ली वेनलियाङकी इन्गेजमेन्ट भइसकेकी प्रेमिकाले छोरीलाई जन्म दिएकी छिन् । डाक्टर लि की प्रेमिका डा.पेङ यिन्हुआ वुहान शहरकै एक सरकारी अस्पतालमा कार्यरत रहेकी छिन् । चीनको हुवे प्रान्तस्थित उहान शहर, जहाँ कोभिड १९ को पहिलो संक्र-मण पुष्टि भएको थियो । २९ वर्षीय डा.ली वेनलियाङको फ्रेबु्रअरी १ मा पेङसँग विवाह गर्ने तयारी भैरहेको थियो । फेब्रुअरी २० मा डा. लीको मृ-त्यु हुँदा पेङ ६ महिनाकी ग-र्भवती थिइन् । डाक्टर लिको मृ-त्यु भएपछि स्थानीय मिडियाहरुले उक्त जोडीको तस्बिरहरु प्रसारण गरेका थिए । चिनियाँ परम्परागत ढंगले खिचिएका ती तस्बिर सामाजिक सञ्जालहरुमा पनि धेरै शेयर भएका थिए ।

सामाजिक सञ्जालमा मानिसहरुले उनकी बच्ची (छोरी)लाई आशिर्वाद दिइरहेका छन् । सामाजिक सञ्जालमा केही व्यक्तिले लेखेका छन्,‘डाक्टर लीकी छोरी यस संसारमा आएकी छिन्, उनको परिवारलाई आशिर्वाद छ ।’ सामाजिक सञ्जालमा धेरै व्यक्तिहरुले भावनात्मक सन्देशहरु पनि लेखेका छन् । कसै कसैले लेखेका छन्, ‘यी बालिकाको जन्म चीनको राष्ट्रिय बाल दिवसका दिन भएको छ, तर यी प्यारी बालिकाले कहिल्यै आफ्नो ‘हिरो बाबा’ लाई भेटन् सक्ने छैनन् ।’ डाक्टर लीको मृ-त्युपछि चीनमा शोक मनाइएको थियो । वास्तवमा डा.लीले नै पहिलोपटक उहान शहरमा आफ्ना साथीहरुलाई को-रोना सं-क्रमण भएको सुनाएका थिए । उनले अस्पतालमा काम गरिरहेका साथी डाक्टरहरुलाई सुरुमै सा-र्स रो-गको जस्तो लक्षण भएका नयाँ बि-रामीहरु देखा परेको बताएका थिए । तर स्थानीय प्रशासनले सुरुमा यो कुरालाई गम्भीरतापूर्वक लिएन । उल्टै स्थानीय प्रशासन यस्तो अ-फवाह फैलाउनेहरुलाई मु-द्धा चलाउन ध-म्की दिएको थियो । स्थानीय प्रशासनले लीलाई नियन्त्रणमा समेत लियो । तर केही दिनपछि डा.ली मा पनि कोरो-ना सं-क्रमण देखियो र उनको मृ-त्यु भएको थियो ।

श्रोतः बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!