मंगलबार, जेठ २०, २०७७ || 837  पटक पढिएको

गलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो । तर उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार मात्र प्राप्त भएको थियो । ती वृद्ध कुटुपालोङ शिविरमा बस्थे । यस शिविरमा मात्र २९ जना रोहिङ्ग्यामा कोरोना पोजेटिभ देखिएको छ । म्यान्मारबाट भागेर बंगलादेश पुगेका रोहिङ्ग्याहरुलाई अस्थायी शिविरमा राखिएको छ । हाल शिविरमा करिब १० लाख शरणार्थी रोहिङ्ग्याहरु रहेका छन् । ––

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!