सोमबार, पौष १४, २०७६ || 1263  पटक पढिएको

शिवम मिश्र
हिपमत डटकम
बिराटनगर,पौष १४: विराटनगर स्थित रानीमा रहेको विराटनगर आखाँ अस्पतालले स्कुले बालबालिकाका आखाँ परिक्षण गर्ने उद्देशयले रिच नामक कार्यक्रम ल्याएका थिए ।
अस्पतालले २०१८ साल जनवरी १ तारिख देखि सुरु गरेको सो कार्यक्रम विद्यार्थी समक्ष प्रभावकरी बनेको पाईएको छ ।

आईतबार अस्पतालले प्याबसन मोरङ संग आयोजना गरेको एक कार्यक्रममा अस्पतालले पेश गरेको तथ्याङकले कार्यक्रम प्रभावकारी बनेको देखिएको छ । स्कुले विद्यार्थीको लागि अस्पतालले सुरु गरेको रेफ्रएक्टिभ एरर एमङ चिल्ड्रेन अर्थात रिच कार्यक्रमले विद्यार्थीहरुको दृष्टि गुमाउन बाट बचाएको अस्पतालले जनाएको छ ।
२०१८ सालमा सुरु गरीएको यो कार्यक्रमको एक वर्ष पुरा भएको अवसरमा अस्पतालले एक कार्यक्रम गरी सो तथ्याङक पेश गरेका थिए । अस्पतालको तर्पmबाट सुधिर ठाकुरले पेश गरेको तथ्याङक अनुसार २०१९ को २६ डिसेम्बर सम्म अस्पतालले सुनसरी जिल्ला र विराटनगर महानगरपालिका गरी ३ सय ९७ विद्यालयमा आखाँ परिक्षण गरेको छ जस्मा कुल १ लाख ३४ हजार बालबालिको आखाँ परिक्षण गरिएको थियो ।

यता विराटनगर महानगरपालिकामा मात्र १ सय ८ स्कुलमा आखाँ परिक्षण गरीएको अस्पतालले जानकारी दिए जस्मा ४२ हजार ८ सय ५७ विद्यार्थीले सेवा लिएका थिए भने १ हजार ६ सय ८७ जना शिक्षक शिक्षिकाले सेवा पाएका थिए । अस्पतालले आखाँ परिक्षण गरेको सबैलाई आवश्यक्ता अनुसार निःशुल्क चस्मा र आखाँको ध्यान राख्न परामर्श दिएका थिए ।
अस्पतालले सुनसरी र विराटनगर महानगर गरी ४ हजार ९ जनालाई सर्जरीका लागि अस्पताल रेफर गरेको थियो जस्मा १ हजार ६ सय ८७ जनाले मात्र अस्पतालमा आएर सेवा लिएका थिए । अस्पतालले ३ हजार २ सय ७० जना शिक्षक र शिक्षिकालाई पर्ने मुल्य भन्दा २५ प्रतिशत कम मुल्यमा चस्मा उपल्बध गराएका थिए भने ४ हजार ९ सय १५ जनालाई आखाँ सम्बन्धि शिक्षा दिएका थिए ।
अस्पतालका अनुसार अस्पताले स्कुलबाट थप चेकजाचँका लागि रेफर गरेको विद्यार्थी मध्ये ४७ प्रतिशत विद्यार्थीमात्र अस्पताल आउने गरेको तथ्याङक रहेको छ । अस्पतालका अनुसार बाकीँ ५३ प्रतिशत बालबालिकामा देखिएको आखाँको समस्या उपचार हुनमा कठिनाई भएको छ । बाकीँ ५३ प्रतिशत विद्यार्थीलाई अस्पताल सम्म पु¥याउन स्कुलका प्रध्यानाध्यापको भुमिका आवश्यक देखिएको छ भने यसमा अभिभावकको समेत कमजोरीले उपचार पाउँन नसकेको अस्पतालले बताए । अस्पतालले ४ हजार ४ सय ४५ जना विद्यार्थीलाई थप उपचारको लागि अस्पताल रेफर गरेका थिए जस्मा १ हजार ७ सय ४५ जना विद्यार्थीमात्र अस्पताल सम्म पुगेका थिए ।
अस्पतालले विद्यार्थीलाई प्रदान गरेको चस्मा पनि ७५ प्रतिशत विद्यार्थीले मात्र प्रयोग गर्नेगरेको अस्पतालले बातए । अस्पतालका अनुसार पm्लोअपको लागि जादाँ मात्र ७५ पतिशतले चस्मा प्रयोग गरेको भेटियो ।
अस्पतालले पेश गरेका तथ्याङक अनुसार सरकारी स्कुलका विद्यार्थीहरुमा ३ प्रतिशत आखाँको समस्या देखिएको छ भने निजी विद्यालयका ९ प्रतिशत विद्यार्थीमा आखाँको समस्या देखिएको छ । अस्पतालका अनुसार औषत ६ प्रतिशत विद्यार्थीमा आखाँको समस्या देखिएको छ ।
यो समस्यालाई मध्यनजर गर्दे अस्पतालले सबै सुविधायुक्त बससेवा सञ्चालनमा ल्याएका थिए । अस्पतालले सञ्चालनमा ल्याएको सो बसमा आखाँ उपचारको लागि चाहिने सबै उपकरणहरु जडान गरीएको छ । अस्पताल स्कुलहरुमा पुगेर सोहि बसमा विद्यार्थीहरुको आखाँ उपचार गर्ने गरेको छ ।
अस्पताल व्यवस्थापन समितीका अध्यक्ष पदम नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याबसन मोरङका अध्यक्ष ईन्द« राई प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा नेपाल नेत्र ज्योती संघका अध्यक्ष विजय हरी शर्मा , प्राडा सञ्जय कुमार सिंह संगै अन्य स्कुलका प्रध्यानाध्यापक र प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!