मंगलबार, जेठ २०, २०७७ || 640  पटक पढिएको

यहाँको सिद्धलेक गाउँपालिका–७ अमिलिटारकी बहुअपाङ्गता हुनुभएकी एक वृद्धा सरकारले उपलब्ध गराउँदै आएको अवसरबाट वञ्चित हुनुपरेको छ । गाउँमा माइजू भनेर चिनिने यी ६५ वर्षीया वृद्धाले नेपाली नागरिकता, अपाङ्गतासम्बन्धी प्रमाणपत्र, मतदाता नामावलीजस्ता राज्यबाट उपलब्ध हुने कुनै पनि परिचय नपाएकाले सामाजिक सुरक्षाका अवसर पनि पाउनुभएको छैन । भारती थरकी यी वृद्धाको श्रीमान्को एक वर्षअघि मृत्यु भएको र त्यसपछि उहाँको दिनचर्या झनै दयनीय बन्दै आएको छ । अहिले उहाँले जस्ताले बारिएको छाप्रोमा जीवन गुजार्दै आउनुभएको छ । भाँचिन लागेको खाट, धेरै पुराना र पातला ओड्ने उहाँको सहारा भएका छन् । उहाँसँग एकसरो लगाउने लुगा मात्र छ । वर्षात्को पानीले सहज निकास नपाउँदा उहाँले प्रयोग गर्ने खाटमुनि पानी जम्ने गरेको छ । टोलबाट बगेर आएको पानीले छाप्रोमा गन्ध आउने गरेको छ । सहयोगको याचना गर्दा समेत वरपरका मानिसले त्यति वास्ता गरेका छैनन् । ती वृद्धाले खान पाए नपाएको स्थनीयवासीले चासो दिएका छैनन् । यस्ता नागरिकको राज्यले जिम्मा लिनुपर्ने स्थानीय शिक्षिका जानुका रिजालको भनाइ छ । उहाँले स्थानीय सरकारले अपाङ्गता भएका नागरिकको सुरक्षा गर्नुपर्ने बताउनुभयो । दश वर्षअघि नन्द यानकुमारी गिरीको घरको शरणमा बसिरहनुभएकी यी वृद्धाले अहिलेसम्म सरकारको कुनै सुविधा पाउनुभएको छैन । गरिब परिवारमा रहनुभएकी उहाँकी नन्दले जेनतेन खुवाइरहनुभएको छ । राज्यले उपलब्ध गराउनुपर्ने कुनै पनि परिचय नभएकाले संरक्षण गर्नसमेत समस्या परेको हो । सिद्धलेक–७ का वडाध्यक्ष लक्ष्मण खतिवडाले उहाँको वंशजको नाता खोज्न लागिएको बताउँदै अर्को वर्ष सामाजिक सुरक्षाभत्ता दिने गरी नेपाली नागरिकता र अन्य कागज बनाउन सहयोग गरिने आश्वासन दिनुभयो । उहाँले आगामी दिनमा त्यस्ता नागरिकको पहिचान गरेर सुरक्षा दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!