सोमबार, पौष १४, २०७६ || 1218  पटक पढिएको

हिपमत डटकम
मोरङ, पौष १४ :मोरङको धनपालथान गाउँपालिका-४ कर्सियामा आईतवार साँझ साँढे ६ बजे ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई बिपरीत दिशाबाट जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिंदा स्कुटर चालक दुहवी नगरपालिका-११ का १८ बर्षीय रुपेश चौधरी र पछाडी सवार रहेका १७ बर्षीय चन्द्र प्रकाश चौधरी घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा स्कुटर चालकको उपचारकै क्रममा मृत्यु भएको हो । अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको छ भने ट्याक्टर प्रहरी चौकी कर्सियाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!