सोमबार, जेठ १९, २०७७ || 935  पटक पढिएको

जिल्ला सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई राख्नका लागि ६८ शय्याको अस्थायी क्वारेन्टिन निर्माण गरेको छ । शिखर नगरपालिकाको सहयोगमा सेनाले वडा नं ३ कालागाढको जङ्गलमा १७ क्वारेन्टिन निर्माण गरेको गणले जनाएको छ । जिल्लामा भारतबाट आउने नागरिक दिनहुँ बढिरहेको र उनीहरुलाई राख्न निर्माण गरिएका क्वारेन्टिनको सङ्ख्या अपुग भएका कारण नगरपालिकाको सहयोगमा सेनाले कवारेन्टिन निर्माण गरेको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले बताउनुभयो । नौ वटा स्थानीय तह रहेको डोटीमा गत चैत ११ गते देशमा भएको लकडाउनपछि करीब दश हजार नागरिक भारतबाट आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रत्येक क्वारेन्टाइनमा एकएक शौचालय तथा एक भान्साघर समेत रहेको नगर उपप्रमुख धौलीदेवी रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!