सोमबार, जेठ १९, २०७७ || 789  पटक पढिएको

कोरोना महामारीका कारण बन्द रहेका जीम क्लबहरु सामाजिक दुरी कायम गरी सञ्चालन गर्न मोरङ बडिबिल्डिङ एण्ड फिटनेस एसोसिएसनले माग गरेको छ ।मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै एसोसिएसनले दुरी कायम गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेको हो ।

लकडाउनका कारण जिम क्लबहरु सञ्चालन गर्न नपाउँदा कर्मचारीलाई तलब तथा सेवासुविधा दिन नसकिएको र बिरामीहरुको उपचार समेत प्रभावित भएका कारण उनीहरुले यस्तो माग गरेका हुन ।फिजियोथेरापी, डाइबिटिज, प्रेसर, डिप्रेसनलगायत अन्य बिरामीले जिम गर्न नपाउँदा समस्या हुने उनीहरुको दाबी छ ।

एसोसिएसनका अध्यक्ष अमलेश कर्ण र महासचिव नविनविक्रम शाहद्वारा दिइएको ज्ञापन पत्रमा क्लबमामा ज्वरो नापेर मात्रै प्रवेश गराउने, साबुन पानीले हात, खुट्टा धुने र सेनिटाइजर प्रयोग गर्ने, ब्यायम सकिएपछि उक्त स्थानलाई सेनिटाइज गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!