रिसिइबीका कारण मिर्चैयामा अज्ञात व्यक्तिद्वारा माछापोखरीमा विष हाल्दा लाखौँको क्षति भएको छ ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.१२ सिक्रौनस्थित व्यवसायी अरविन्द सहनी,सोनेलाल सहनी,नागे सहनीले पोखरी ठेक्का लिएर माछा पालन सञ्चालन गरेका थिए । पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएको र पोखरीका विभिन्न प्रकारका माछा मरेकाले ४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको व्यवसायी अरविन्द सहनीले हिपमत डटकमलाई बता।

पोखरीमा विष हालेको केही समयपछि माछा मर्नलाग्दा मात्र आपूmले थाहा पाएको सहनीले बताए । पोखरीमा विष हालेका कारण मिहिनेत खेर गएको उनले गुनासो गरे । ऋण काढेर माछापालन गरेका उनले कसैले रिसिइबीका कारण विष हालिदिएकाले आफ्नो मेहनत र लगानी सबै खेर गएको गुनासो गरे । उनले विष हाल्ने व्यक्ति पत्ता लगाई कडा कारबाही गर्न प्रहरी समक्ष माग गरेका छन ।
घटना व्यक्तिगत रिसिइबीका कारण भएको हुनसक्ने इलाका प्रहरी कार्यालय मिर्चैयाका (डिएसपी) सन्तु प्रसाद जैसवारले बताए । उनले घटनाको विषयमा सूक्ष्म तरिकाले अनुसन्धान तथा खोजविन गरिरहेको (डिएसपी) जैसवारले हिपमत डटकमलाई जानकारी दि।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!