आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए । अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।

यस प्रकरणपछि घाइते अवस्थामा रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार दिइयो । दरबार हत्याकाण्डमा ज्यान गुमाएका सबैको सामुहिक दाहसंस्कार गरियो । तीन दिनपछि दीपेन्द्रलाई पनि मृत घोषित गरियो । त्यसपछि ज्ञानेन्द्र शाह नेपालका नयाँ राजा बने ।

युवराज दिपेन्द्रले लागुऔषधको उच्च नशामा रहेका बेला आवेशमा आएर जथाभावी फायरिङ गरेको र अन्त्यमा आफैलाई गोली प्रहार गरेको ठहर दरबार हत्याकाण्डको उच्चस्तरीय छानविन समितिले गरेपनि यस प्रतिवेदनमा शंका गर्न सकिने प्रशस्त आधार भेटिएकाले सर्वस्वीकार्य हुन सकेन अर्थात् हत्याकाण्डलाई धेरैले रहस्यमय नै मान्छन् । यस हत्याकाण्डको ७ वर्षपछि २०६५ साल १५ जेठमा संविधानसभाको पहिलो बैठकले नेपालबाट विधिवत् रुपमा राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा ग-यो । राजा ज्ञानेन्द्रले सामान्य नागरिकको जीवन बिताउने घोषणासहित नारायणहिटी दरबार छाडे । जनतामाझ लोकप्रिय स्वर्गिय वीरेन्द्र राष्ट्रवादी तथा उदार शासकका रुपमा चिनिन्छन् । उनले आफ्नो राज्याभिषेकको अवसरमा २०३१ सालमा अन्तर्राष्ट्रिय समुदायसामु नेपाललाई औपचारिक रुपमा संयुक्त राष्ट्रसंघबाट शान्ति क्षेत्रको मान्यता दिलाउनका लागि सहयोग गर्न प्रस्ताव राखेका थिए , विश्वका १ सय ३० भन्दा बढी देशले यस प्रस्तावमा समर्थन गरेपनि छिमेकी भारत र सोभियत संघसहितका देशले विरोध जनाउँदा सफल हुन सकेन र पञ्चायतको अन्त्यसँगै यो प्रस्ताव थन्कियो । विश्वका अन्य देशसँग नेपालको सम्बन्ध सुदृढ बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विश्व घटनाक्रम

सन् १९७०– बेलायतका प्रधानमन्त्री हेराल्ड विल्सनमाथि एक चुनावी सभाका दौरान अन्डा फ्याँकियो ।

सन् १९७९– रोडसिया ९० वर्षपछि अल्पसंख्यक गोराहरुको शासन अन्त्य, यसपछि देशको नाम जिम्बाबे रोडिसिया राखियो । १८ अप्रिल १९८० मा औपचारिक रुपमा स्वतन्त्रता घोषणा गर्दै देशको नाम जिम्बाबे मात्रै राखियो ।

सन् २०१४ – नाइजेरियामा फुटबल मैदानमा भएको बिस्फोटमा ४० व्यक्तिको मृत्यु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!