विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीहरुले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्नुपर्ने माग गर्दै गृहमन्त्री रामबहादुर थापासमक्ष ज्ञापनपत्र बुझाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, पूर्वमन्त्री दलजीत श्रीपाइली र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सभासद् जीवन परियारलगायत नेता तथा अधिकारकर्मीले आज गृहमन्त्री थापासँग भेट गरी रुकुम घटनामा मृत्युवरण गरेका युवालाई सांस्कृतिक रुपान्तरण अभियानका शहीद घोषणा गर्नुपर्ने माग गरेका हुन् । यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँचजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अझै एकजना बेपत्ता छन् । निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग दलित समुदायले देशैभरि प्रदर्शन गर्दै आएका छन् । सोही अवसरमा गृहमन्त्री थापाले दुःखद एवम् निन्दनीय रुकुम घटनाको सत्यतथ्य छानबिन गरी दोषी अपराधीलाई कडा दण्ड र सजाय गर्ने प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!